
गायनमा भविष्य खोजिरहेका गायक वा गायिकालाई फिल्ममा पार्श्व गायनको अवसर पाउनु ठूलो उपलब्धि मानिन्छ । एल्बम वा म्यूजिक भिडियोका लागि दिएको स्वरभन्दा पार्श्व गायनले चाँडै दर्शकको ठूलो वर्गमा चिनाउने भएकाले फिल्मको गीतमा आवाज भर्न जो कोही लालायित हुने गर्दछन् । तर, फिल्मको पार्श्व गायनमा आफूलाई स्थापित गर्नेको संख्या औंलामा गन्न सकिने मात्र छ ।

अभिनेता राजेश हमालले चार वर्षको विश्रामपछि साइन गरेको फिल्म हो, ‘सत्यम्’ । दोस्रो चरणको बन्दाबन्दीमा फिल्म साइन गरेर उनी स्क्रिप्टमा समेत आफैं बसेका थिए । फिल्मको चरित्रमा आफूलाई ढाल्न उनले लुक्स परिवर्तनदेखि शरीर सुगठित बनाउन पनि मेहेनत गरे । तर, कोरोना महामारी लम्बिँदै गएपछि फिल्म निर्माण धकलियो । केही समयदेखि फिल्म नबन्ने चर्चा चलिरहेको छ ।

अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा स्टारर फिल्म ‘सम्झना बिर्सना’को रिलिज पोस्टपोन्ड भएको छ । यो फिल्म आगामी जेठ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा थियो । प्रचार-प्रसारका लागि समय अभाव भएको र यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको माहोललाई मध्यनजर गर्दै निर्माण टिमले पूर्वनिर्धारित मितिमा फिल्म प्रदर्शन नगर्ने निर्णय गरेको हो ।

हिन्दी फिल्म इन्डस्ट्री र साउथ इन्डस्ट्रीबीच भाषा विवाद चर्किरहेको समयमा तेलुगू सुपरस्टार महेश बाबुले भने बलिउड प्रवेशलाई लिएर आफ्नो धारणा राखेका छन् । हालै फिल्म ‘मेजर’को ट्रेलर रिलिज कार्यक्रममा उनले हिन्दी फिल्ममा काम गरेर समय बर्बाद गर्न नचाहने बताए । बलिउडले आफूलाई अफोर्ड (धान्न) गर्न नसक्ने र आफूलाई काम गर्ने इच्छा पनि नरहेको उनको भनाई छ ।

सामाजिक विषयवस्तुमा फिल्म बनाउँदै आएका दीपक वलीले फिल्म ‘पण्डित बाजेको लौरी’बाट निर्देशनमा आफूलाई प्रमाणित गरे । फिल्म बक्सअफिसमा असफल भएपनि उनको निर्देशकीय क्षमताको प्रशंसा भयो । उनी निर्देशित ‘रोल्पा रोग’ र ‘कुम्भ करण’ पनि प्रदर्शनमा आइसकेका छन् । अब आगामी भदौ ३ गतेबाट उनको निर्देशनमा बनेको नयाँ फिल्म ‘कृष्ण लीला’ प्रदर्शन हुँदैछ ।

केही वर्षयता नेपाली फिल्म क्षेत्रलाई सिरिज फिल्मले काँध थापेको छ भन्दा फरक पर्दैन । जब फिल्म क्षेत्रमा संकट आउँछ तब हिट फिल्मको सिरिजले जीवन दिने गर्छ । नयाँ नाममा बनेका फिल्मलाई लगानी उठाउन पनि धौ-धौ परेको अवस्थामा हिट फिल्मका सिरिजले वर्षेनी बक्सअफिसमा पैसाको वर्षात गरेका छन् । यसैले निर्माताहरु पनि सिरिजकै पछाडि दौडिरहेका छन् ।

