
कन्नड सुपरस्टार यश अभिनीत फिल्म ‘केजीएफ : च्याप्टर २’ले विश्व बजारमा एक हजार करोडमाथिको कमाई गरिसकेको छ । ‘आरआरआर’, ‘बाहुबली २’ र ‘दंगल’पछि विश्व बक्सअफिसमा एक हजार करोडको आँकडा पार गर्ने ‘केजीएफ २’ चौथो भारतीय फिल्म बनेको छ । यी चार फिल्ममध्ये तीनवटा साउथ फिल्म हुन्, जबकि बलिउडको ‘दंगल’ले मात्र यो आँकडा पार गर्न सक्यो ।

दुई पुस्ताका दुई चर्चित नायक हुन्, आर्यन सिग्देल र प्रदीप खड्का । एक समय लभस्टोरी फिल्ममा आफ्नो एकाधिकार जमाएका आर्यन र नयाँ छिमलमा बलियो स्टारडम बनाएका प्रदीपलाई एउटै फिल्ममा हेर्ने दर्शकको इच्छा अब पूरा हुने सम्भावना देखिएको छ । एकअर्कासँग राम्रो चिनजान भइसकेका उनीहरु ‘प्रसाद’ निर्देशक दिनेश राउतको नयाँ फिल्ममा एकसाथ देखिन सक्नेछन् ।

नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डलाई राजनीतिक दलको कार्यकर्ता भर्ती गर्ने केन्द्र भनिन्छ । कुनै पार्टी सत्तामा छ भने त्यस पार्टीमा आबद्ध फिल्मकर्मीले बोर्डको अध्यक्ष वा सदस्य पोल्टामा पाउने गरेका छन् । यसैले आफू आबद्ध भएको पार्टी सरकारमा आएपछि फिल्मकर्मीहरु बोर्ड अध्यक्ष वा सदस्य बन्न अनुभवको सर्टिफिकेट च्यापेर मन्त्रालय कुद्ने गर्छन् ।


टलिउड सुपरस्टार रामचरण अभिनीत फिल्म ‘आरआरआर’ ब्लकबस्टर सावित हुँदा यही अप्रिल २९ बाट प्रदर्शनमा आएको नयाँ फिल्म ‘आचार्य’ले भने बक्सअफिसमा घुँडा टेकेको छ । रामचरणले पिता चिरञ्जीवीसँग एकसाथ काम गरेका कारण यो फिल्मले बक्सअफिसमा आक्रामक कमाई गर्ने आँकलन गरिएको थियो । तर, खराब रिभ्यूका कारण फिल्मको व्यापार चौपट बनेको छ ।

अभिनेता द्वय भुवन केसी र रविन्द्र खड्कासँगै अभिनेत्री श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई खादा लगाएर पार्टीमा स्वागत गर्दै सदस्यता पत्र प्रदान गरे । उनीहरुलाई कलाकार नीर शाहलगायतले कांग्रेसमा प्रवेश गराउन मध्यस्थकर्ताको भूमिका खेलेका हुन् ।

