Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘षट्कोण’ गीतमा कार्मको निराशा र छट्पटी

फिल्मीखबर, काठमाडौं, 2022/05/04
Karma
 
यही बैशाख २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘षट्कोण’को दोस्रो गीत सार्वजनिक भएको छ । बुधवार यूट्युबमा सार्वजनिक भएको शिर्ष गीतमा विराज गौतमको स्वर, बिशेष पाण्डे र बिराज गौतमको शब्द तथा कम्पोज छ । स्याड भर्सनको गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता कार्म शाक्य मात्र फिचर्ड छन् । भिडियोमा उनको निराशा र छट्पटी देखाइएको छ ।
 
फिल्ममा कार्म एक मर्डर मिस्ट्रीको अनुसन्धान गरिरहेको पत्रकारको भूमिकामा छन् । उनले फिल्ममा पत्रकारको भूमिका निर्वाह गर्न एक इन्भेस्टिकेटिभ पत्रकारको नजिक भएर केही कुरा बुझ्ने प्रयास गरेको र किताबसँगै फिल्महरु हेरेको बताएका छन् । फिल्ममा पत्रकारको भूमिकामा अभिनय गरेर आफूले पत्रकारको दुःख र मेहेनतलाई नजिकबाट बुझ्न पाएको उनको भनाई छ ।
 
मिलन डि काप्रि निर्देशित फिल्ममा कार्मका अलावा भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्मको संवाद महेश दवाडीले लेखेका हुन् । फिल्ममा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक काप्रिले सम्पादन रहेको छ ।
 

Most Visited News (monthly)