Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5659 - 5664 of 23775
फिल्मीखबर, काठमाडौं, 2022-05-08, आईतवार

अभिनेत्री वर्षा सिवाकोटी यही बैशाख ९ गते विवाह बन्धनमा बाँधिइन् । उनले अमेरिकामा बसोबास गर्दै आएका आशिष गेलालसँग लगनगाँठो कसेकी हुन् । वर्षाको विवाहको बारेमा फिल्म क्षेत्रका कसैलाई पनि जानकारी थिएन । न त उनले फिल्म क्षेत्रबाट कसैलाई विवाहमा निमन्त्रणा नै गरेकी थिइन् । दुई परिवारका सीमित सदस्यहरुको उपस्थितिमा उनीहरुको विवाह भएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2022-05-07, शनिवार

बेलायतमा छायांकनको तयारीमा रहेको फिल्म ‘हनी बनी’मा अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छन् । यसअघि फिल्ममा अभिनेत्री सारा सिरपाली फाइनल थिइन् । तर, उनको बेलायतको भिसा नझरेपछि निर्माण टिमले बेलायतमै रहेकी जसितालाई मुख्य भूमिकामा अनुबन्ध गराएको हो । शनिवार निर्देशक दीवाकर भट्टराई र जसिताले बेलायतमा कागजी सम्झौता गरेका हुन् । 

फिल्मीखबर, काठमाडौं, 2022-05-06, शुक्रवार

कोरोना महामारीका कारण दुई वर्ष कयौं नेपाली फिल्म रिलिज हुन पाएनन् । कति फिल्मले प्रचारमा लाखौं खर्च गरेर प्रदर्शनको मुखमा कोरोनाका कारण रिलिज रोकेका थिए । विस्तारै संक्रमण सामान्य भएर हलहरु पुरानै अवस्थामा फर्किएसँगै नेपाली फिल्महरु धमाधम रिलिज हुन थालेका छन् । साथै, एकै मितिमा एकभन्दा बढी फिल्म भिड्ने शिलशिला पनि सुरु भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-05-06, शुक्रवार

आगामी जेठ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘लाइफ इन एलए’को रोमान्टिक गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘उदाएर आयौ तिमी बिहानीको घाम जस्तै’ बोलको गीतमा गायक प्रताप दास र गायिका प्रविशा अधिकारीको युगल स्वर रहेको छ भने एलिस कार्कीको संगीत र सुन्दर पन्तको शब्द रचना छ । 

फिल्मीखबर, काठमाडौं, 2022-05-06, शुक्रवार

निर्देशक हेरफेर गर्दै दुई पटक निर्माण घोषणा गरिएको फिल्म ‘के घर के डेरा’को शुभ मुहूर्त गरिएको छ । शुक्रवार स्वयम्भूको हारती माता मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै एक दृश्य पनि खिचियो । फिल्मको नियमित छायांकन भने जेठ २ गतेबाट सुरु हुने निर्देशक दीपेन्द्र के. खनालले जानकारी दिए । फिल्मले काठमाडौंमा घर हुने र डेरामा बस्ने मानिसको कथा वाचन गर्नेछ ।

फिल्मीखबर, काठमाडौं, 2022-05-06, शुक्रवार

अभिनेत्री ज्योत्स्ना योगी विवाह बन्धनमा बाँधिएकी छन् । उनले चर्चित गायक स्वप्न सुमनसँग लगनगाँठो कसेकी हुन् । बुधवार कमलपोखरीमा रहेको ट्रेडिसनल कम्फर्ट होटलमा भएको विवाह समारोहमा दुई पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो । ज्योत्स्नाले बिहीवार सामाजिक सञ्जालमा विवाहका तस्विरहरु साझेदार गर्दै स्वप्न सुमनसँग विवाह गरेको जानकारी गराएकी हुन् ।

Results : 5659 - 5664 of 23775
Most Visited News (monthly)