Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5653 - 5658 of 23775
एजेन्सी, मुम्बई, 2022-05-09, सोमवार

फिल्म ‘शोले’मा गब्बरको चरित्र निर्वाह गरेर दर्शकको मनमा अमिट छाप बनाएका अमजद खानले पर्दामा नकारात्मक भूमिका निर्वाह गरे पनि वास्तविक जीवनमा उनले कयौं उतार-चढावको सामना गर्नुपर्‍यो । एक समय उनले पैसा नहुँदा डेलिभरीपछि श्रीमती र छोरालाई डिस्चार्ज गर्न सकेका थिएनन् । त्यसबेला निर्माता चेतन आनन्दले अस्पतालको सम्पूर्ण पैसा तिरिदिएका थिए ।

फिल्मीखबर, काठमाडौं, 2022-05-09, सोमवार

नेपाली नयाँ वर्ष अर्थात् बैशाख १ गतेबाट प्रदर्शन थालनी गरेको फिल्म ‘ए मेरो हजुर ४’ तीन हप्तासम्म निर्धक्क चल्यो । एकसाथ प्रदर्शनमा आएको साउथ फिल्म ‘केजीएफ २’ले व्यापारमा ठूलो अवरोध गरेपनि फिल्मले मल्टीप्लेक्समा पाएको शो र सिंगल थिएटरमा दर्शकको अभाव झेल्नु परेन । साउथ फिल्मको चेपुवाका बीच पनि फिल्मले तीन हप्तामा झन्डै ६ करोड पैसा छाप्यो ।

फिल्मीखबर, काठमाडौं, 2022-05-09, सोमवार

अभिनेत्री शिल्पा मास्केले हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज’ र ‘मिसन इम्पोसिबल फलआउट’मा सानो भूमिका निर्वाह गर्दै अभिनय करिअर सुरु गरेकी थिइन् । उनको पहिलो नेपाली फिल्म भने ‘द ब्रेकअप’ थियो । यसपछि ‘कागजपत्र’, ‘सानो मन’, ‘कठपुतली’ लगायतका फिल्ममा अभिनय गरिसकेकी उनको नयाँ फिल्म ‘लाइफ इन एलए’ आगामी जेठ ६ गतेबाट प्रदर्शनमा आउँदैछ । 

एजेन्सी, मुम्बई, 2022-05-08, आईतवार

‘बाहुबली’ र ‘आरआरआर’ जस्ता ब्लकबस्टर फिल्मका निर्देशक एसएस राजामौलीले अब तेलुगु सुपरस्टार महेश बाबूलाई लिएर नयाँ फिल्म बनाउने भएका छन् । उक्त फिल्म एडभेन्चर-थ्रिलर हुने बताइएको छ । अहिले स्क्रिप्टमा काम भइरहेको र आगामी जुलाईबाट सुटिङ थाल्ने तयारीमा राजामौली छन् । फिल्मको कथा राजामौली र उनका पिता विजयेन्द्र प्रसादले लेखिरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-05-08, आईतवार

गत फागुन १ गतेबाट सिनेमा हलहरु नियमित रुपमा सञ्चालनमा आएपछि प्रत्येक हप्ता नयाँ नेपाली फिल्म प्रदर्शन भइरहेका छन् । तर, प्रदर्शनमा आएका फिल्ममध्ये अधिकांश डुबेका छन् । फागुनयता हिट फिल्मका सिरिजले मात्र बक्सअफिसमा पैसा छापेका छन् । गत फागुन १६ मा रिलिज भएको ‘म यस्तो गीत गाउँछु २’ र बैशाख १ मा आएको ‘ए मेरो हजुर ४’ले नाफाको व्यापार गरे ।

फिल्मीखबर, काठमाडौं, 2022-05-08, आईतवार

पुष्प खड्काले डेब्यू फिल्म ‘अझै पनि’ र दोस्रो फिल्म ‘दर्पण छायाँ २’मा चित्तबुझ्दो अभिनय गर्न सकेका थिएनन् । तर, तेस्रो फिल्म ‘मंगलम’मा उनले जीवन्त अभिनय गरे । यो फिल्मले उनलाई राष्ट्रिय अवार्ड समेत दिलायो । उनले फिल्म ‘मारुनी’मा पनि राम्रो अभिनय गरेका थिए । भदौ ३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘कृष्ण लीला’मा पनि उनले मनछुने अभिनय गरेको बताइन्छ ।

Results : 5653 - 5658 of 23775
Most Visited News (monthly)