Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘प्रकाश’ र ‘प्रेमगीत ३’ रिलिज अगाडि प्रदीपले नयाँ फिल्म नगर्ने

फिल्मीखबर, काठमाडौं, 2022/05/05
प्रदीप भन्छन्, 'फिल्मबाट फुर्सद भएपछि पुस्तक लेख्न सक्छु'
 
अभिनेता प्रदीप खड्कालाई दर्शकहरुले पर्दामा पर्खिएको तीन वर्षभन्दा बढी भइसकेको छ । पछिल्लो पटक रिलिज भएको फिल्म ‘लभ स्टेशन’पछि उनका कुनै फिल्म प्रदर्शनमा आएका छैनन् । कोरोना महामारीभन्दा अगाडि उनले फिल्म ‘प्रेमगीत ३’को छायांकन सकेका थिए । तर, कहिले कोरोना महामारी त कहिले हिन्दी डबका कारण यो फिल्मको प्रदर्शनमा ढिलाई भएको छ । 
 
प्रदीपले कोरोना महामारीकै समयमा फिल्म ‘प्रकाश’मा काम गरे । दिनेश राउतको निर्देशनमा बनेको यो फिल्म आउँदो भदौ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यसमा उनी अहिलेसम्मकै भिन्न चरित्र र गेटअपमा प्रस्तुत छन् । यतिबेला प्रदीप ‘प्रकाश’ र ‘प्रेमगीत ३’को रिलिज कुरेर बसेका छन् । उनी यी फिल्म प्रदर्शन नहुँदासम्म नयाँ फिल्ममा काम गर्ने सोचमा देखिएका छैनन् ।
 
‘प्रेमगीत ३’को हिन्दी डब र भारत प्रदर्शनको शिलशिलामा निर्माता सन्तोष सेनसँग मुम्बईमा रहेका उनले ‘प्रकाश’ र ‘प्रेमगीत ३’ रिलिजभन्दा अगाडि आफू नयाँ फिल्ममा आबद्ध हुने सम्भावना न्यून रहेको बताए । यी दुई फिल्म रिलिजपछि नयाँ फिल्ममा काम गर्ने विषयमा विचार गर्ने उनको भनाई छ । उनले दुई फिल्म रिलिजपछि सन्तोष सेनले निर्देशन गर्ने ‘हुतुतु’मा काम गर्न सक्नेछन् ।
 
अभिनेता अनमोल केसीपछि सर्वाधिक फिल्मको अफर पाउने गरेका प्रदीप खड्कालाई कोरोना महामारीयता थुप्रै ठूला ब्यानरका फिल्मबाट अफर पुगेको छ । तर, उनले स्क्रिप्ट समाते पनि निर्माताको चेक समातेका छैनन् । उनी ‘प्रकाश’ निर्देशक दिनेश राउतसँग फेरि टिमअपको तयारीमा रहेको चर्चा छ । दिनेश, प्रदीप र आर्यन सिग्देललाई लिएर फिल्म बनाउने योजनामा छन् ।
Most Visited News (monthly)