Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सृष्टिको कश्मिरी लुक्स

फिल्मीखबर, काठमाडौं, 2022/05/16
अभिनेत्री सृष्टि श्रेष्ठलाई अहिले एउटा हिट फिल्मको खाँचो छ । डेब्यू फिल्म ‘गाजलु’पछि उनले सोलो अभिनेत्रीको रुपमा अभिनय गरेका कुनै पनि फिल्मले बक्सअफिसमा सुखद् नतिजा हात पारेका छैनन् । यद्यपि, उनको अभिनयको भने हमेशा प्रशंसा हुने गरेको छ । दिनप्रतिदिन आफ्नो अभिनयमा निखारता थप्दै गएकी उनी सालिन र बौद्धिक अभिनेत्रीको रुपमा पनि चिनिन्छिन् ।
 
गत चैतमा उनी अभिनीत फिल्म ‘चिसो एष्ट्रे’ प्रदर्शनमा आएको थियो । उनलाई यो फिल्मप्रति ठूलो आश थियो । फ्लप हिरोइनको ट्याग र हिरोको वरिपरी नाच्ने हिरोइनको परिचय ‘चिसो एष्ट्रे’ले इलेजरले झैं मेट्नेमा उनी आशावादी थिइन् । यसैले प्रचारमा उनले पर्याप्य समय दिइन् । समीक्षक र दर्शकहरुले उनको अभिनय पनि रुचाए । तर, फिल्म असफल हुँदा उनी फेरि निराश भइन् । 
 
shristi shrestha
 
‘चिसो एष्ट्रे’को असफलतापछि अब हातमा फिल्म पर्छ कि पर्दैनन् भन्ने अन्योलमा रहेकी सृष्टिलाई एउटा चिट्ठा पर्‍यो । अभिनेत्री स्वस्तिमा खड्काले काम व्यस्तताका कारण नाटक ‘पल्पसा क्याफे’मा काम गर्न नभ्याउने भएपछि उनले निर्वाह गर्ने भनिएको भूमिका सृष्टिलाई अफर भयो । यसअघि केही नाटकमा अभिनय गरिसकेकाले उनी सहर्ष नाटकमा पुनरागमन गर्न तयार भइन् ।
 
बैशाखमा मञ्चन भएको ‘पल्पसा क्याफे’ नाटक सुपरहिट भयो । पल्पसाको भूमिकामा अभिनय गरेकी सृष्टिको अभिनयको पनि वाहवाही भयो । उनले यो नाटकबाट आफूलाई अब्बल अभिनय गर्ने कलाकारको रुपमा प्रमाणित गरेको समीक्षकको तर्क छ । नाटकको सफलतापछि सुष्टि फ्रेस हुन घुमघाममा निस्किएकी छन् । यसपटक उनले घुम्नका लागि भारतको कश्मिर रोजेकी छन् ।
 
फुर्सदको समयमा सृष्टि प्रेमी तथा अभिनेता सौगात मल्लसँग विभिन्न ठाउँमा घुम्न निस्किरहेकी हुन्छिन् । तर, अहिले सौगात निकै व्यस्त भएकाले उनी साथीहरुसँग कश्मिर घुमिरहेकी छन् । सृष्टिले कश्मिरी महिलाको मौलिक पहिरनमा जम्मु कश्मिरको डल तालमा डुंंगा चलाइरहेको दुईटा तस्विर इन्टाग्राममा शेयर गरेकी छन् । कश्मिरी पहिरनमा उनको सुन्दरता थप खुलेको देखिन्छ । 
Most Visited News (monthly)