Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चपली हाइट’का नायक वडा अध्यक्षमा विजयी

फिल्मीखबर, काठमाडौं, 2022/05/16
देशभरबाट स्थानीय तहको मत परिणाम आउने क्रम जारी छ । देशका कतिपय ठाउँमा विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दिएका कलाकारहरुले पनि जित हासिल गरिरहेका छन् । शनिवार कांग्रेसबाट तार्केश्वर वडा नं. २ को वडासदस्यमा कलाकार किशोर भण्डारी निर्वाचित भए । यसैक्रममा, फिल्म ‘चपली हाइट’का अभिनेता राज घिमिरे वडा अध्यक्षमा विजयी भएका छन् ।
 
उनी काठमाडौंको गोदावरी नगरपालिका वडा नं. ३ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । नेकपा एमालेका राम आचार्यलाई ११ मतले पछि पार्दै उनले जित हासिल गरेका हुन् । घिमिरेले १०५९ मत पाउँदा एमालेका आचार्यले १०४८ मत पाए । राज अघिल्लो स्थानीय निर्वाचनमा पनि वडा अध्यक्षमा उठेका थिए । तर, त्यसबेला उनी पराजित भएका थिए । 
 
Raj Ghimire
 
झिनो मतान्तरले वडा अध्यक्षमा निर्वाचित भएपछि अभिनेता घिमिरेले आफूले जितेको वडालाई देशकै नमुना बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । निर्वाचन हुनुभन्दा अगाडि उनले सामाजिक सञ्जालमार्फत् आफूले वडा अध्यक्षमा जित हासिल गरे कुनै पनि सुविधा नलिने घोषणा गरेका थिए । उनले एमाले नेतृ तथा अभिनेत्री करिश्मा मानन्धरले स्थायी बसोबास गर्ने वडामा जितेका हुन् ।
 
अभिनेता घिमिरेले विवादित फिल्म ‘चपली हाइट’बाट अभिनय करिअर सुरु गरेका थिए । यसपछि ‘भिजिलान्ते’ लगायतका केही फिल्म र केही म्यूजिक भिडियोमा पनि अभिनय गरेका उनी पछिल्लो समय राजनीति र व्यवसायमा सक्रिय छन् । उनले गोदावारी नगरपालिका वडा नं. ४ मा ठूलो लगानीमा रिसोर्ट सञ्चालन गर्दै आएका छन् । उनी केही वर्षयता अभिनयमा भने सक्रिय छैनन् । 
Most Visited News (monthly)