Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

उसिनेको अण्डा जस्तो देखिन्छन् स्टार किड्स : कंगना

एजेन्सी, मुम्बई, 2022/05/15
Kangana Ranaut says Bollywood star kids 'look weird like boiled eggs' -  Hindustan Times
 
बलिउड अभिनेत्री कंगना रनावटले बलिउडमा व्याप्त नेपोटिज्मको बारेमा बेला बखतमा आफ्नो अभिव्यक्ति दिँदै आएकी छन् । जसले गर्दा उनी विवादमा पनि तानिरहेकी हुन्छिन् । एकपटक फेरि उनले स्टार किड्समाथि निशाना साधेकी छन् । हालै एक अन्तर्वार्ताको क्रममा उनले स्टार किड्सका कारण बाहिरी व्यक्ति (आउडसाइडर) अवसरबाट बञ्चित हुने गरेको बताएकी छन् ।
 
अभिनेत्री कंगना बलिउड फिल्म लगातार असफल हुनुको कारण स्टार किड्सलाई मान्छिन् । उनले भनेकी छन्, ‘बलिउड फिल्म यसकारण चलिरहेका छैनन् कि आम दर्शकले स्टार किड्ससँग आफूलाई रिलेट नै गर्न सक्दैनन् । यही कारण हिन्दी फिल्म साउथ फिल्मसँग नराम्रोसँग हारिरहेको छ ।’ बलिउडका स्टार किड्स उसिनेको अण्डा जस्तो देखिने गरेको समेत उनको टिप्पणी छ ।
 
‘स्टार किड्स पढ्नका लागि विदेश जान्छन् । त्यहाँ अंग्रेजीमा बोल्छन् र हलिउड फिल्म हेर्छन् । उनीहरुको हुकाई र पढाई आम मानिसको जस्तो हुँदैन । उनीहरु चक्कु र काँटाबाट खान्छन् अनि अलग तरिकाले बोल्छन् । त्यस्ता स्टार किड्स दर्शकसँग कसरी जोडिन सक्छन् ? अनि दर्शकले कसरी रिलेट गर्न सक्छन् ? उनीहरु त उसिनेको अण्डा जस्तो देखिन्छन्,’ कंगनाले भनेकी छन् ।  
 
साउथ फिल्म ‘पुष्पा’मा अभिनेता अल्लू अर्जुनले निर्वाह गरेको चरित्रसँग आम दर्शकले आफूलाई रिलेट गर्न सक्ने र त्यस्ता चरित्रमा मजदुरले पनि आफ्नो छाँया देख्ने भएकाले संसारभर साउथ फिल्मको क्रेज बढ्दो रहेको कंगनाको भनाई छ । तर, बलिउडका कुनै पनि हिरो मजदुर जस्तो नदेखिने उनको तर्क छ । बलिउड फिल्म देश र जनतासँग जोडिन नसकेको पनि उनी बताउँछिन् । 
Most Visited News (monthly)