
आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘प्रेमगन्ज’को पहिलो गीत सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएकोे ‘तरबार’ बोलको आइटम गीतमा अभिनेत्री बेनिशा हमाल बोल्ड अवतारमा प्रस्तुत छिन् । उनले पहिलो पटक फिल्ममा आइटम गीतमा नृत्य गरेकी हुन् । गीतमा उनले आकर्षक नृत्य प्रस्तुत गरेकी छन् ।

लैनसिंह बाङ्देलद्वारा लिखित चर्चित उपन्यास ‘लङ्गडाको साथी’माथि आधारित भएर फिल्म ‘अभिन्न’ निर्माण भएको छ । यसै साता राजधानीमा एक कार्यक्रमका बीच फिल्म निर्माण भएको जानकारी दिँदै स्केच पोस्टर सार्वजनिक गरियो । पोस्टरमा उपन्यासका लेखक बाङ्देलको स्केच तस्विरसँगै फिल्ममा मुख्य भूमिकामा अभिनय गरेका कार्म शाक्य र एक कुकुरलाई पनि देख्न सकिन्छ ।

यस वर्षको प्रतिक्षीत फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’को एड्भान्स बुकिङ खुल्ला भएको छ । यही शुक्रवारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मप्रति दर्शकमा देखिएको क्रेजलाई मध्यनजर गर्दै सोमवार दिउँसोबाट मल्टीप्लेक्सहरुमा बुकिङ खोलिएको हो । ब्रान्ड फिल्मको सिरिज भएका कारण मल्टीप्लेक्सहरुले एड्भान्स बुकिङमै फिल्मलाई उल्लेख्य शो बाँडेका छन् ।

‘पशुपति प्रसाद’, ‘आमा’ जस्ता उत्कृष्ट फिल्मका निर्देशक दीपेन्द्र के खनाल निर्देशित नयाँ फिल्म ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट १६ सेकेन्ड लम्बाईको ट्रेलरमा विदेशबाट रातो बाकसमा आएको शव गाडीमा लिएर काठमाडौंदेखि बजुरासम्मको यात्रा गरेका तीन पात्रको कथा भनिएको छ ।

आफ्नो अभिव्यक्तिले विवादमा छाइरहने अभिनेत्री कंगना रनावटलाई केही वर्ष अगाडिसम्म बक्सअफिसकी क्विन भन्ने गरिन्थ्यो । हरेक प्रकारको भूमिकामा सानदार अभिनय गर्ने उनी आफ्नै काँधमा फिल्म बोकेर सफलता बनाउने ल्याकत राख्थिन् । तर, लगातारको विवादले उनको स्टारडम कमजोर बनेको छ । जुन कुरा उनका पछिल्ला फिल्महरु फ्लप हुनुले पनि प्रमाणित गर्छ ।

फिल्म ‘प्रेमगीत’बाट रातारात चम्किएका प्रदीप खड्का अहिलेका राम्रो माग भएका अभिनेता हुन् । उनको नामले नै फिल्म चल्छ भन्ने विश्वासको भरमा निर्माताले उनीमाथि करोडौं लगानी गरिरहेका छन् । भलै, त्यसको प्रतिफल निर्माताले पाउन सकेका छैनन् । तथापि, उनीमाथिको विश्वास भने अझै डगमगाएको छैन । उनको बढ्दो मागले पारिश्रमिक पनि दिनप्रतिदिन उकालोलाग्दो छ ।

