Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘पुष्पा २’ ४ सय करोडमा बन्ने

एजेन्सी, मुम्बई, 2022/05/18
Allu Arjun's Pushpa: The Rise First Half Review - Sacnilk
 
साउथ सुपरस्टार अल्लू अर्जुन र रश्मिका मन्दाना अभिनीत फिल्म ‘पुष्पा : द राइज’ले भारतीय बक्सअफिसमा आँधी नै ल्यायो । हिन्दी भर्सनमा मात्र १ सय ६ करोडभन्दा माथिको व्यापार गरेको फिल्मको संवादहरु समेत निकै चर्चित भए । अब यो फिल्मको दोस्रो पार्ट निर्माणको तयारीमा छ । सिक्वेललाई निर्माण टिमले अघिल्लो पार्टभन्दा ठूलो बजेटमा निर्माण गर्ने निर्णय गरेको छ ।
 
‘पुष्पा २’ ४ सय करोडको लगानीमा निर्माण हुन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यसको अघिल्लो पार्ट १ सय ९५ करोडमा निर्माण भएको थियो । अघिल्लो पार्टको सफलतापछि निर्माण टिमले दोस्रो पार्टलाई अझ भव्य बनाउन करोडौं खर्च गर्न लागेको हो । सुकुमारको निर्देशनमा बन्ने ‘पुष्पा : द रूल’को केही महिनादेखि तीव्र गतिमा स्क्रिप्ट लेखनको काम भइरहेको छ ।
 
२०२३ को जनवरीबाट छायांकन सुरु हुने फिल्मको दोस्रो पार्टको प्रायः सिनको छायांकन पहिलो पार्ट खिचिएको ईस्ट गोदावरीको मारेदुमिली जंगलमै हुनेछ । सुकुमार छायांकनअघि चार महिना पोस्ट-प्रोडक्सनमा समय दिने योजनामा छन् । रिलिजको समय सीमाका कारण अघिल्लो पार्टको पोस्ट-प्रोडक्सन हतारमा भएको थियो । यसपटक सुकुमार यो गल्ती दोहोर्‍याउने पक्षमा छैनन् ।
Most Visited News (monthly)