Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म निर्देशक मुनाल घिमिरे वडाध्यक्षमा निर्वाचित

फिल्मीखबर, काठमाडौं, 2022/05/19
Munal Ghimire.
 
स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । यसपटक विभिन्न राजनीति दल र स्वतन्त्र रुपमा फिल्मकर्मीहरुले पनि उम्मेदवारी दिएका थिए । केहीले विजयी हासिल गरिसकेका छन् भने केही मत परिणामको पखाईमा छन् । अभिनेता राज घिमिरे वडाध्यक्षमा, कलाकार किशोर भण्डारी वडा सदस्यमा विजयी हुँदा निर्देशक मुनाल घिमिरेले पनि वडाध्यक्ष जितेका छन् ।
 
स्थानीय निर्वाचनमा नेकपा एमालेबाट घोराही उपमहानगरपालिका वडा नं. ४ को वडाध्यक्षमा उनले विजयी हासिल गरेका हुन् । उनले फेसबुकमार्फत् आफू वडाध्यक्षमा निर्वाचित भएको जानकारी दिँदै अमुल्य मत दिएर जिताउने मतदाताप्रति आभार व्यक्त गरेका छन् । निर्देशक घिमिरे पछिल्लो समय निर्देशनबाट टाढा रहेर जन्मथलोमा राजनीतिसँगै सामाजिक कार्यमा सक्रिय छन् ।
 
सन् २००८ मा फिल्म ‘खबरदार’को निर्देशन र निर्माण गरेका मोहितले यसपछि सन् २०१० मा फिल्म ‘आफ्नो मान्छे आफ्नै हुन्छ’को निर्माण गरेका थिए । उनी निर्देशित पछिल्लो फिल्म ‘इच्छा’ हो । वडाध्यक्षमा जीत हासिल गरेपछि निर्देशक घिमिरेले आफ्नो वडालाई देशकै नमुना बनाउने प्रतिवद्धता जनाएका छन् । आफ्नो जीत सिंगो फिल्म क्षेत्रको जीत रहेको पनि उनको भनाई छ ।
Most Visited News (monthly)