Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘मेरो डान्स कप’को निर्णायकमा ‘दर्पण छायाँ’ जोडी

फिल्मीखबर, काठमाण्डौ, 2022/05/18
अभिनेता दीलिप रायमाझी र अभिनेत्री निरुता सिंहले पहिलो पटक एकसाथ डान्स रियालिटी शोमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । एक समय कयौं सुपरहिट फिल्ममा काम गरेका उनीहरु अमेरिकामा सफल डान्स रियालिटी शो ‘मेरो डान्स कप’को निर्णायक (जज) बनेका हुन् । टप १२ पछि नेपालमा हुने उक्त रियालिटी शोको निर्णयक मण्डलमा ‘दर्पण छायाँ’ जोडी हुनेछ ।
 
intra national
 
‘मेरो डान्स कप’सँगै ‘मेरो डान्स कप युएसए’ पनि टप १२ पछि नेपालमा हुने बुधवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच जानकारी गराइयो । चौथो संस्करणमा रहेको ‘डान्स कप’ र दोस्रो संस्करणमा रहेको ‘भ्वाइस कप’को अहिले अमेरिका र क्यानडा लगायतका देशमा अडिसन भइरहेको छ । दुवै रियालिटी शो टप ५ सम्म नेपालमा हुनेछ भने ग्रान्ड फिनाले अमेरिकामा हुनेछ ।
 
‘मेरो डान्स कप युएसए’को निर्णायकमा दीलिप र निरुताका अलावा मिथिला शर्मा, केकी अधिकारी, शंकर विसी र नमन राई पनि रहेका छन् । त्यस्तै, ‘मेरो भ्वाइस कप यूएसए’को निर्णायक मण्डलमा दीपक जंगम, सुरेश अधिकारी, शिव परियार, पुष्पन प्रधान, मुस्कान मगर, सुजता बर्मा र अर्जुन पालिखे रहेका छन् । दुवै रियालिटी शो ग्यालेक्सी फोरके टेलिभिजनबाट प्रशारण हुनेछन् ।
 
दुवै प्रतियोगिताको प्रथम विजेताले र्‍याभफोर कार, दोस्रोले गोल्डेन कप र तेस्रोले सिल्भरकपसँगै नगद र गिफ्ट पाउने आयोजक संस्था इन्ट्रानेशनल वेयलफेयर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाका सचिव गोपाल धितालले जानकारी दिए । देशभन्दा बाहिर रहेका नेपाली भाषीको प्रतिभालाई उजागर गर्ने पवित्र उद्देश्य बोकेर यी रियालिटी शोको आयोजना गरिएको उनको भनाई छ । 
 
त्यस्तै, यी दुई कार्यक्रमबाट संसारभर रहने नेपाली भाषीहरुबीच आपसी सद्भाव कायम रहन मद्दत गर्ने हाल अमेरिकामा नै रहेका इन्ट्रानेशनल वेयलफेयर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले बताए । दुवै रियालिटी शोको नेपाल ब्यवस्थापन यस संस्थाको नेपाल च्याप्टरका कार्यकारी अध्यक्ष सन्जीत भन्डारीले गर्नेछन् भने प्रेस संयोजक जीवन पराजुली हुन् ।
 
intra national
 
‘मेरो डान्स कप’लाई सुदीप सिग्देल र सुनिता गुरुङले सञ्चालन गर्नेछन् भने ‘मेरो भ्वाइस कप’को उद्घोषण सन्दिप क्षेत्री र रीमा विश्वकर्माले गर्नेछन् । यी दुवै रियालिटी शोको निर्देशन गर्न लागेका एलिन श्रेष्ठले अहिले रियालिटी शोको छायांकन गर्नका लागि सेट निर्माण भइरहेको बताए । दुई अन्तर्राष्ट्रिय स्तरको शोलाई अझ स्तरीय बनाउन आफूले कुनै कसर नछाड्ने उनको भनाई छ ।
Most Visited News (monthly)