Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5575 - 5580 of 23775
फिल्मीखबर, काठमाण्डौ, 2022-05-30, सोमवार

‘बाह्र सत्ताइस’ फिल्मबाट निर्देशनमा डेब्यू गरेका जौन योञ्जनाले लगातार रुपमा फिल्म निर्देशन गरिरहेका छन् । गत वर्ष फिल्म ‘म राजेश हमाल’को छायांकन सकाएका उनले सोमवार नयाँ फिल्म ‘आँखा’को घोषणा गरे । यो फिल्मको उनी आफैंले कथा लेखेका हुन् भने निर्मातामा पनि उनी स्वयं छन् । नेपाली समाजभित्रको गम्भीर विषयलाई फिल्ममा प्रस्तुत गरिने उनले जानकारी दिए । 

एजेन्सी, मुम्बई, 2022-05-29, आईतवार

बलिउड सुपरस्टार आमिर खान र करीना कपूर अभिनीत फिल्म ‘लाल सिंह चड्ढा’को ट्रेलर सार्वजनिक भएको छ । आइपिएल फाइनल म्याचको दौरान सार्वजनिक गरिएको २ मिनेट ४५ सेकेन्डको ट्रेलरमा आमिर अनेक रुपमा प्रस्तुत छन् । ट्रेलरमा उनको बाल्यकालदेखि वयस्कसम्मको यात्रालाई देखाइएको छ । उनी कहिले सिख लुकमा त कहिले आर्मीको गेटअपमा देखिएका छन् । 

फिल्मीखबर, काठमाडौं, 2022-05-29, आईतवार

हरेक वर्ष झैं यसपटकको बजेटमा पनि सरकारले फिल्म सिटी र स्टूडियो निर्माण गर्ने विषयलाई नै प्राथमिकतामा राखेको छ । आइतवार अर्थमन्त्री जर्नादन शर्माले आर्थिक वर्ष २०७९/८० का लागि संसद भवनमा पेश गरेको १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेटमा दोलखामा अन्तर्राष्ट्रिय फिल्म सिटी र बनेपामा अत्याधुनिक इन्डोर फिल्म स्टूडियो निर्माण गरिने उल्लेख छ ।

फिल्मीखबर, काठमाडौं, 2022-05-29, आईतवार

आउँदो असार ३१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सिल्ली फो’को पहिलो गीत सार्वजनिक भएको छ । दिनेश सुवेदीको शब्द र पुरुषोत्तम न्यौपानेको संगीत रहेको ‘ए दिल तँ बोल’ बोलको गीतमा रचना रिमाल र पुरुषोत्तम न्यौपानेको स्वर छ । शिव विकले कोरियोग्राफी गरेको गीतको भिडियोमा केकी अधिकारी, धिरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल लगायत फिचर्ड छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-05-29, आईतवार

बेलायतको राजधानी लन्डनमा नेपाली फिल्म फेस्टिभल आयोजना हुने भएको छ । लन्डनको थर्ड आईले ५ दिने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२’ आयोजना गर्न लागेको हो । शनिबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्मस्का अध्यक्ष मनोज केसीले महोत्सवमा १० वटा फिल्म प्रदर्शन गरिने जानकारी दिए ।

फिल्मीखबर, काठमाडौं, 2022-05-29, आईतवार

संसारको पुरानो र प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मले पहिलो पटक खाता खोलेको छ । कान्समा आधिकारिक रुपमा छनोट भएको अबिनाश विक्रम शाह निर्देशित फिल्म ‘लोरी’ले जुरीबाट ‘स्पेसल मेन्सन अवार्ड’ प्राप्त गरेको हो । यो फिल्म सर्ट फिल्म विधामा पाम डी अरका लागि प्रतिस्पर्धामा थियो । फिल्मले जितेको अवार्ड निर्देशक शाहले आफैं स्टेज चढेर उचाले ।

Results : 5575 - 5580 of 23775
Most Visited News (monthly)