Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

बजेटमा फिल्म : दोलखामा फिल्म सिटी र बनेपामा इन्डोर स्टूडियो बनाइने

फिल्मीखबर, काठमाडौं, 2022/05/29
अर्थमन्त्री ब्रिफकेस बोकेर संसद भवन प्रवेश « रिपोर्टर्स नेपाल
 
हरेक वर्ष झैं यसपटकको बजेटमा पनि सरकारले फिल्म सिटी र स्टूडियो निर्माण गर्ने विषयलाई नै प्राथमिकतामा राखेको छ । आइतवार अर्थमन्त्री जर्नादन शर्माले आर्थिक वर्ष २०७९/८० का लागि संसद भवनमा पेश गरेको १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेटमा दोलखामा अन्तर्राष्ट्रिय फिल्म सिटी र बनेपामा अत्याधुनिक इन्डोर फिल्म स्टूडियो निर्माण गरिने उल्लेख छ ।
 
अर्थमन्त्री शर्माले निजी तथा सरकारी साझेदारीमा दोलखामा बन्ने फिल्म सिटीलाई पूर्णता दिइने बताए । आगामी आर्थिक वर्षमा फिल्म सिटी निर्माणको काम अगाडि बढ्ने उनको भनाई छ । त्यस्तै, काभ्रेको बनेपामा सुविधा सम्पन्न इन्डोर स्टूडियो निर्माणका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री शर्माले बताए । फिल्म सिटी र स्टूडियोका लागि छुट्याइएको बजेट खुलाइएको छैन ।
 
फिल्म तथा गीतसंगीतका सर्जकलाई सम्मान गर्ने घोषणा पनि सरकारले बजेटमार्फत् गरेको छ । यसैगरी नेपाली कला, भाषा र मौलिकता झल्किन गीत तथा फिल्म सिर्जना गर्ने सर्जकलाई प्रोत्साहन गरिने पनि बजेटमा उल्लेख छ । बजेटमा फिल्म सिटी र स्टूडियोबाहेक फिल्म क्षेत्रका अन्य कुनै पनि विषयको सम्बोधन नभएपछि फिल्मकर्मीहरु खुशी कम निराश बढी देखिएका छन् । 
Most Visited News (monthly)