Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5581 - 5586 of 23775
फिल्मीखबर, काठमाडौं, 2022-05-29, आईतवार

शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ले घरेलु बक्सअफिसमा सुनामी ल्याएको छ । मल्टीप्लेक्समा सर्वाधिक शोज पाउँदै प्रदर्शन अगावै ठूलो रेकर्ड बनाएको फिल्मले दुई दिनमा कीर्तिमानी कमाई गरेको छ । शुक्रवार र शनिवार जताततै हाउसफुलको व्यापार गरेको फिल्मले दुई दिनमा ६ करोडको आँकडा छोएको वितरक मनोज राठीले जानकारी दिए ।

फिल्मीखबर, काठमाडौं, 2022-05-28, शनिवार

अभिनेता धिरज मगर र अभिनेत्री अदिती बुढाथोकी स्टारर फिल्म ‘बाबरी’को टिजर सार्वजनिक भएको छ । शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ४’सँग हलमा हेर्न पाइने टिजरलाई शनिवार यूट्युबमा सार्वजनिक गरिएको हो । १ मिनेट २० सेकेन्डको टिजरमा धिरज र अदितीबीचको मित्रता, प्रेम र नोकझोंकलाई देखाइएको छ । टिजरमा धिरजको आवाजले अचम्मित तुल्याउँछ । 

फिल्मीखबर, काठमाडौं, 2022-05-28, शनिवार

नेपाली फिल्म पाइरेसी हुने समस्याले वर्षौंदेखि प्रताडित छ । ठूला भनिएका फिल्महरु हलमा प्रदर्शन भइरहेकै समयमा डिजिटल प्लेटफर्ममा पाइरेसी हुने गरेका छन् । प्रदर्शनकै क्रममा हलबाट खिचेर फिल्म पाइरेसी हुँदा धेरै फिल्मले ठूलो नोक्सानी बेहोर्नु परेको छ । फिल्मको पाइरेसी गर्नु कानुनी रुपमा अपराध भए पनि जनचेतनाको अभावले यो समस्या निर्मुल हुन सकेको छैन । 

फिल्मीखबर, काठमाडौं, 2022-05-27, शुक्रवार
फिल्मीखबर, काठमाडौं, 2022-05-27, शुक्रवार

दीपकराज गिरी र दीपाश्री निरौला समुहको फिल्मले कमाईमा एकसेएक रेकर्ड बनाएका छन् । यो समुहको ‘६ एकान ६’ र ‘वडा नम्बर ६’ फिल्मले लगानी उठाएर केही प्रतिशत मुनाफा कमाएका थिए भने ‘छक्का पञ्जा’ नेपाली फिल्मको इतिहासमै सर्वाधिक कमाउने फिल्म बन्यो । यो फिल्मको लाइफटाइम कलेक्सनलाई दीपक-दीपाको अरु फिल्मले समेत भेट्न नसकेको अवस्था छ ।

फिल्मीखबर, काठमाडौं, 2022-05-27, शुक्रवार

नेपाली फिल्मको सर्वाधिक सफल सिरिजमध्ये एक हो, ‘कबड्डी’ । यसका तीनवटै सिरिजले बक्सअफिसमा आक्रामक कमाई गरे । शुक्रवारबाट यसको चौंथो श्रृंखला प्रदर्शनमा आएको छ । चौंथो श्रृंखलाले पनि बक्सअफिसमा आँधी ल्याउने संकेत देखाइसकेको छ । मल्टीप्लेक्सहरुमा फिल्मको आक्रामक बुकिङ छ भने सिंगल थिएटरमा बिहानैदेखि दर्शकको उल्लेख्य भीड देखिएको छ ।

Results : 5581 - 5586 of 23775
Most Visited News (monthly)