
यस वर्षको सर्वाधिक प्रतिक्षीत फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ शुक्रवारबाट सिनेमा हलमा प्रदर्शनमा आएको छ । प्रदर्शनमा उत्रिएसँगै फिल्मले शुक्रवार बिहानैदेखि देशभरका मल्टीप्लेक्स र सिंगल थिएटरमा हाउसफुलको व्यापार गरिरहेको जानकारी प्राप्त छ । काठमाडौंका मल्टीप्लेक्सहरुमा फिल्मले पाएको प्रायः शो प्रदर्शन अगावै एड्भान्स बुकिङमा हाउसफुल भइसकेका थिए ।

टिकटकबाट उदाएर म्यूजिक भिडियोमा छाइरहेकी मोडल गरिमा शर्माले अब फिल्ममा फड्को मारेकी छन् । लामो समयदेखि विभिन्न फिल्मको टिमसँग छलफल गरिरहेकी उनले अन्ततः आफ्नो डेब्यू फिल्मको निधो गरेकी छन् । उनले फिल्म ‘लण्डन टु पेरिस’बाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । केही समयअघि निर्माण टिम र गरिमाबीच कागजी सम्झौता भइसकेको छ ।

बुधवार राजधानीको होटल एभरेष्टमा अनौठो शैलीमा एक फिल्मको निर्माण घोषणा गरियो । तामझाम लोभलाग्दो थियो तर एउटा कमजोरीले फिल्मको घोषणा सभालाई नै गिज्जाइरहेको देखिन्थ्यो । फिल्म थियो, निर्देशक मिलन चाम्सको ‘वर एन्ड वधु’ । उनको फिल्म भएपछि घोषणा सभा होस् वा प्रिमियर, तामझामका लागि पैसाको खोलो बग्छ । उनी हरेक कुरामा भव्यता खोज्ने गर्छन् ।

बलिउड फिल्मका नामी निर्माता तथा निर्देशक करण जोहर बुधवारबाट ५० वर्षमा लागेका छन् । आफ्नो जन्मदिनको अवसरमा उनले नयाँ फिल्मको निर्माण घोषणा गरेका छन् । लभस्टोरी र पारिवारिक फिल्ममा आफ्नो अलग पहिचान बनाएका उनले पहिलो पटक एक्सन फिल्म निर्देशन गर्ने घोषणा गरेका हुन् । नाम नखुलाइएको फिल्मको अर्को वर्षको अप्रिलबाट छायांकन सुरु हुनेछ ।

अभिनेता सौगात मल्ल अभिनीत नयाँ फिल्म ‘कबड्डी ४’ शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । मल्टीप्लेक्सहरुमा आक्रामक बुकिङ भइरहेको यो फिल्मले यस वर्षको सबैभन्दा ठूलो ओपनिङ गर्ने निश्चित छ । फिल्मले बम्पर ओपनिङ गर्ने भएपछि सौगात पनि उत्साहित देखिएका छन् । एकपछि अर्को फिल्म असफल भइरहेको अवस्थामा उनलाई यो फिल्मले ठूलो राहत दिने देखिन्छ ।

यही शुक्रवारबाट फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ प्रदर्शनको तयारीमा छ । कोभिडपछिको सर्वाधिक प्रतिक्षामा रहेको यो फिल्मप्रति दर्शकमा देखिएको क्रेजलाई मध्यनजर गर्दै प्रदर्शनको ५ दिन अगावैदेखि मल्टीप्लेक्सहरुमा अग्रिम बुकिङ खोलिएको थियो । काठमाडौंका प्रत्येक मल्टीप्लेक्सले ठूला विदेशी फिल्महरुलाई उपलब्ध गराउँदै आएको शो यो फिल्ममाथि थोपरेका छन् ।

