Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सिल्ली फो’ गीतमा धिरेन शाक्यसँग केकीको ठुम्का

फिल्मीखबर, काठमाडौं, 2022/05/29
keki adhikari and dhiren sakya
 
आउँदो असार ३१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सिल्ली फो’को पहिलो गीत सार्वजनिक भएको छ । दिनेश सुवेदीको शब्द र पुरुषोत्तम न्यौपानेको संगीत रहेको ‘ए दिल तँ बोल’ बोलको गीतमा रचना रिमाल र पुरुषोत्तम न्यौपानेको स्वर छ । शिव विकले कोरियोग्राफी गरेको गीतको भिडियोमा केकी अधिकारी, धिरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल लगायत फिचर्ड छन् ।
 
राज बहादुर सानेको निर्देशनमा तयार भएको फिल्ममा दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बर बहादुर विष्ट (सागर), सौजन बोहोरा जयमन बिश्वकर्मालगायतको पनि अभिनय छ । मनोज डिके निर्माता रहेको फिल्मका सह-निर्माता विशाल श्रेष्ठ हुन् ।
 
चार जना फटाह पात्रको कथामा बनेको फिल्ममा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर र मदन बास्तोलाको भीएफएक्स छ । फिल्मलाई श्रीराम बालाजी फिल्मसले वितरण गर्दैछ भने डिजिटल राइट्स साइराम पिक्चर्सले खरिद गरेको छ ।
 

Most Visited News (monthly)