
फिल्म ‘कबड्डी ४’की अभिनेत्री मिरुना मगरले आफूमाथि दुर्व्यवहार गरेको भन्दै आइतवार सिभिल हलमा फुर्वा तामाङ (बौद्ध भिक्षु) लाई थप्पड हानेर प्रहरीको जिम्मा लगाएपछि तामाङ समुदायले विरोध जनाएका छन् । मंगलवार काठमाडौंको चाबहिलमा फुर्वाको रिहाइको माग गर्दै मिरुना मगर र ‘कबड्डी ४’विरुद्ध प्रदर्शन भएको छ । त्यस्तै, फिल्मको पोस्टर समेत जलाइएको छ ।

फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’को सफलताले अभिनेत्री मिरुना मगरको खुशीको सीमा छैन । करिअरमा पहिलो पटक उनले सफलताको सुःख पाएकी हुन् । डेब्यू फिल्म ‘लालपूर्जा’यता उनी अभिनीत फिल्म सफल हुन सकेका थिएनन् । पहिलो पटक आफ्नो फिल्मले बक्सअफिसमा रेकर्डतोड व्यापार गरेपछि उनी विभिन्न सिनेमा हलहरुमा पुगेर दर्शकसँग खुशी साटिरहेकी छन् ।

शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ४’को प्रतिक्रिया बुझ्न अभिनेत्री मिरुना मगर आइतवार काठमाडौंको सिभिल हलमा पुगेकी थिइन् । त्यहाँ उनीसँग सेल्फी खिच्न दर्शकहरु ओइरिएपछि भीड अस्तव्यस्त बन्यो । यसैक्रममा फुर्वा तामाङ नामका एक बौद्ध भिक्षुले उनलाई पिठ्यूमा छुन पुग्छन् र मिरुनाले आफूमाथि दुर्व्यवहार गरेको भन्दै ती व्यक्तिलाई गालामा थप्पड हान्छिन् ।

आइतवारबाट काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा ‘१०औं नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२२’ सुरु भएको छ । नेपालसहित १५ देशका २६ फिल्महरु सहभागी महोत्सव मंगलवार (भोली) सम्म जारी रहनेछ । महोत्सवको उद्घाटन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले अफ्रिका जस्तै देशबाट फिल्म संकलन गरेर नेपालमा महोत्सव गर्नु सराहनीय कार्य रहेको बताए ।

नेपाली फिल्ममा एक्सन अभिनेत्रीको खडेरी छ । अभिनेत्री रेखा थापापछि एक्सन फिल्म धान्ने अभिनेत्री जन्मिएका छैनन् । केहीले एक्सन अवतारमा आफूलाई ढाल्ने प्रयास गरे पनि सफल हुन सकेनन् । एक्सन भूमिकामा प्रस्तुत हुन ठूलो मेहेनत गर्नुपर्ने भएकाले पनि एक्सन फिल्म हत्तपत्त अभिनेत्रीहरुको रोजाईंंमा पर्दैन । यसैले नेपालमा महिला प्रधान एक्सन फिल्म बन्नै छाडेको अवस्था छ ।

फिल्म ‘लम्फू’बाट अभिनेताको रुपमा डेब्यू गरेका कबीर खड्काको हातमा नयाँ फिल्म परेको छ । उनी लभस्टोरी फिल्म ‘लण्डन टु पेरिस’मा अनुबन्ध भएका हुन् । केही दिन अगाडि उनीसँग निर्माण टिमले कागजी सम्झौता गरेको हो । अहिले उनी कान्तिपुर फिल्म एकेडेमीमा वर्कसप गरिरहेका छन् । अभिनेता खड्काले अभिनय गरेकोे दोस्रो फिल्म ‘गुञ्जन’ प्रदर्शनको पखाईमा छ ।

