Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बेलायतमा नेपाली फिल्म फेस्टिभल हुने

फिल्मीखबर, काठमाडौं, 2022/05/29
London_film_festival
 
बेलायतको राजधानी लन्डनमा नेपाली फिल्म फेस्टिभल आयोजना हुने भएको छ । लन्डनको थर्ड आईले सेप्टेम्बरमा ५ दिने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२’ आयोजना गर्न लागेको हो । शनिबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्मस्का अध्यक्ष मनोज केसीले महोत्सवमा १० वटा फिल्म प्रदर्शन गरिने जानकारी दिए ।
 
उनले भने- ‘हामीले नेपाली परिवेश र नेपाललाई चिनाउने फिल्म देखाउने छौँ । यसले नेपाली फिल्मको बजार विस्तारमा त टेवा पुर्‍याउँछ नै नेपाली कला, संस्कृतिलाई पनि प्रवर्द्धन गर्छ ।’ नेपाली फिल्म के–कस्ता बनिरहेका छन् भन्ने बारेमा प्रवासी दर्शकलाई थाहा दिन र नयाँ-नयाँ स्वाद बोकेका नेपाली फिल्मलाई देखाउने उद्देश्यले महोत्सवमा आयोजना गर्न लागेको उनको भनाई छ ।
 
अध्यक्ष केसीले महोत्सवको अन्तिम दिन फिल्मकर्मीहरूलाई सम्मानित पनि गरिने बताए । थर्ड आईका प्रमुख विकास देवकोटाको सक्रियतामा हुन लागेको महोत्सवमा नेपालबाट ४० जनाभन्दा बढी फिल्मकर्मी सहभागी हुनेछन् । महोत्सवमा प्रदर्शन गरिने फिल्महरुको छनोट प्रक्रिया सुरु भइसकेको छ । हलमा प्रदर्शन भएका फिल्म मात्र महोत्सवमा छनोट हुने मनोज केसीले बताए ।
 
London_film_festival
 
थर्ड आईका नेपाल च्याप्टर प्रतिनिधि हरि सिलवालले फेस्टिभललाई सभ्य र भव्य बनाउने गरी तयारी भइरहेको जानकारी गराए । महोत्सव घोषणा सभामा नीर शाह, करिश्मा मानन्धर, निरुता सिंह, सरोज खनाललगायतको उपस्थिति थियो । नेफ्टा अवार्डमार्फत् विदेशी भूमिमा अवार्डको सुरुवात गरेका मनोज केसीले यसअघि म्यूजिक भिडियो अवार्ड पनि विदेशी भूमिमा गरिसकेका छन् । 
Most Visited News (monthly)