
फिल्म ‘आँधी तुफान २’को गीत सार्वजनिक भएको छ । बिहीवार सार्वजनिक भएको शिर्ष गीत (ओएसटी) मा सुरेश अधिकारीको संगीत, हरी उप्रेतीको शब्द रचना र सुवानी मोक्तानको स्वर रहेको छ । गोवाको समुन्द्रि तटमा खिचिएको गीतको भिडियोमा तीन अभिनेत्रीहरु आरती आचार्य, याङ्शु श्रेष्ठ र सोनी बिसी बोल्ड अवतारमा प्रस्तुत छन् । भिडियोका कोरियोग्राफर अभि वाग्ले हुन् ।

परिवर्तन नेपालले अभिनेत्री मिथिला शर्मा र चलचित्र पत्रकार विदुर गिरीलाई ‘हरितारा चलचित्र पुरस्कार’ प्रदान गरेको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई जनही २५ हजार रुपैयाँ राशीसहित सम्मान पत्र प्रदान गरिएको हो । कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलालाई ‘परिवर्तन नेपाल पत्रकारिता सम्मान’बाट सम्मानित गरियो ।

अभिनेत्री मिरुना मगरले जेठ १५ गते सिभिल हलमा आफूलाई दुर्व्यवहार गरेको भन्दै बौद्ध भिक्षु फुर्पा तामाङमाथि थप्पड हानेर प्रहरीको जिम्मा लगाएपछि यो घटनाले ठूलै तरंग ल्यायो । विना गल्ती मिरुनाले तामाङलाई थप्पड हानेको भन्दै बौद्ध सुमदायका व्यक्तिहरु सडकमै उत्रिए । फिल्म ‘कबड्डी ४’को पोस्टर जलाउँदै मिरुनाले तामाङसँग माफी माग्नु पर्ने भन्दै नाराबाजी समेत भयो ।


लभस्टोरी फिल्ममा रुचाइएका अभिनेता कार्म पछिल्लो समय फरक शैलीका फिल्ममा प्रस्तुत हुँदै आएका छन् । चाहे ‘कठपुतली’ होस् वा ‘षष्टकोण’, उनको फिल्म र पात्र छनोट गर्ने शैली बदलिएको स्पष्ट देखिन्छ । घिसिपिटी लभस्टोरी फिल्मबाट अघाएका उनी चुनौतीपूर्ण चरित्रमा आफूलाई परिक्षण गरिरहेका छन् । यो कार्मले आफ्नो फिल्मी करिअरमाथि मोलेको ठूलो जोखिम पनि हो ।

निर्देशक सविर श्रेष्ठ र अभिनेता तथा निर्माता सविन श्रेष्ठबीच नयाँ फिल्ममा जुगलबन्दी भएको छ । उनीहरुले मिलेर एक फिल्म निर्माण गर्न लागेका हुन् । बुधवार उनीहरुले कागजी सम्झौतामा हस्ताक्षर गरेका छन् । यसअघि सविनले सविरको निर्देशनमा दुई फिल्म ‘आधी बाटो’ र ‘रामप्यारी’मा काम गरिसकेका छन् । नयाँ फिल्ममा सविन निर्मातासँगै मुख्य भूमिकामा पनि देखिनेछन् ।

