Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लाल सिंह चड्ढा’को ट्रेलर रिलिज, अनेक रुपमा आमिर

एजेन्सी, मुम्बई, 2022/05/29
Laal Singh Chaddha Trailer Out! Aamir Khan Is Back & Promises An Emotional  Saga With Forest Gump Adaptation
 
बलिउड सुपरस्टार आमिर खान र करीना कपूर अभिनीत फिल्म ‘लाल सिंह चड्ढा’को ट्रेलर सार्वजनिक भएको छ । आइपिएल फाइनल म्याचको दौरान सार्वजनिक गरिएको २ मिनेट ४५ सेकेन्डको ट्रेलरमा आमिर अनेक रुपमा प्रस्तुत छन् । ट्रेलरमा उनको बाल्यकालदेखि वयस्कसम्मको यात्रालाई देखाइएको छ । उनी कहिले सिख लुकमा त कहिले आर्मीको गेटअपमा देखिएका छन् । 
 
ट्रेलरमा करीना र आमिरबीचको मित्रता र प्रेमलाई पनि व्यक्त गरिएको छ । यो जोडीले फिल्म ‘थ्री इडियट्स’पछि एकसाथ काम गरेका हुन् । उनीहरुले फिल्म ‘तलास’मा पनि एकसाथ काम गरेका थिए । त्यस्तै, आमिरले ‘लाल सिंह चड्ढा’बाट चार वर्षपछि अभिनयमा कमब्याक गरेका छन् । उनी पछिल्लो पटक २०१८ मा रिलिज भएको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’मा देखिएका थिए ।
 
अद्वैत चन्दनको निर्देशनमा बनेको कमेडी-ड्रामामा नागा चैतन्य र मोना सिंहको पनि मुख्य भूमिका छ । फिल्ममा मोनाले आमिरकी आमाको भूमिका निर्वाह गरेकी छन् । साउथ स्टार नागा आर्मीको भूमिकामा देख्न सकिन्छ । यही फिल्मबाट उनले बलिउडमा डेब्यू गरेका हुन् । ‘लाल सिंह चड्ढा’ हलिउडको चर्चित फिल्म ‘फरेस्ट गम्प’को रिमेक हो, जसमा टम ह्याङ्क्स मुख्य भूमिकामा थिए ।
 
फिल्मलाई भारतको सयभन्दा बढी स्थानमा छायांकन गरिएको छ । सम्भवतः यति धेरै स्थानमा छायांकन हुने यो पहिलो बलिउड फिल्म हो । ट्रेलरभन्दा अगाडि फिल्मको दुई गीत ‘कहानी’ र ‘मैं की करां’ रिलिज भइसकेको छ, जसलाई दर्शकहरुले रुचाएका छन् । ११ अगस्ट, २०२२ मा रिलिज हुने यस फिल्मलाई आमिर खान र उनी पूर्व श्रीमती किरण रावले मिलेर निर्माण गरेका हुन् ।
 
Most Visited News (monthly)