Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7513 - 7518 of 23770
फिल्मीखबर, काठमाण्डौ, 2020-11-07, शनिवार

छोटो अवधिको भिडियो सेयर गर्न मिल्ने टिकटकले संसारमा धेरैलाई सेलिब्रेटी बनाएको छ । नेपालमा पनि टिकटकबाट सेलिब्रेटीको स्थान हासिल गर्ने कयौं छन् । इन्टरनेटको पहुँच बढेसँगै अहिले टिकटकमा झुम्मिनेको जमात बढेको छ । टिकटकमा भाइरल भएपछि म्यूजिक भिडियो र फिल्मबाट अफर आउने सोचाइले यसतर्फ युवापुस्ताको आकर्षण झन् बढेको पाइन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2020-11-07, शनिवार

अहिले देशमा कोरोना संक्रमण भयावह रुपमा फैलिएको छ । दैनिक हजारौंको संख्यामा संक्रमित हुने गरेका छन् भने मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । कोरोनाबाट आमनागरिकका साथै नेपाली कलाकारहरु पनि अछुतो छैनन् । हालसम्म एक दर्जन बढी कलाकारलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । कतिले कोरोनालाई जितेका छन् भने कति स्वास्थ्य लाभ गरिरहेका छन् ।

एजेन्सी, मुम्बई, 2020-11-06, शुक्रवार

अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणपछि बलिउडमा छेडिएको नेपोटिज्मको बहसमा फेरि एकपटक अभिनेता अभिषेक बच्चनले आफ्नो भनाई राखेका छन् । उनले २० वर्ष लामो फिल्म करिअरमा कहिल्यै पिता (अमिताभ बच्चन) ले आफ्नो मद्दत नगरेको खुलासा गरेका छन् । कुनै पनि कलाकारको लामो करिअरमा दर्शकको स्वीकृतिले मद्दत गर्ने उनको भनाई छ । 

फिल्मीखबर, काठमाण्डौ, 2020-11-06, शुक्रवार

म्यूजिक भिडियोबाट काँचको पर्दामा फड्को मार्नेको संख्या वर्षेनी बढिरहेको छ । तर, सानो पर्दामा सफलता हासिल गरेका प्रायः कलाकारलाई फिल्ममा आफूलाई स्थापित गर्न निकै सकस परेको देखिन्छ । थोरैलाई मात्र फिल्म फलिफाप भएको छ । अभिनेता द्वय पल शाह र पुष्प खड्का पनि म्यूजिक भिडियोकै उत्पादन हुन् । दुवैले लगभग एकै समयमा करिअर सुरुवात गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2020-11-06, शुक्रवार

केकी अधिकारीलाई नेपाली फिल्मकी भाग्यमानी अभिनेत्री भन्ने गरिन्छ । एक दशक लामो अभिनय करिअरमा उनी अभिनीत अधिकांश फिल्म बक्सअफिसमा पिटिएका छन् । तर, फिल्म नचले पनि उनी कहिल्यै कामविहीन हुनु परेन । फिल्म करिअरमा पहिलो पटक ‘छ माया छपक्कै’ बाट सफलताको सुख प्राप्त गरेकी उनले फिल्म निर्माणमा समेत हात हालिसकेकी छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-11-06, शुक्रवार

कोरोना संक्रमण पुष्टि भएपछि १० दिनदेखि होम आइसोलेशन बसिरहेका चर्चित हास्यकलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएको छ । उनलाई कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । बुधवार स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको छ । थप उपचारको लागि उनलाई बिहीबार आईसीयूमा सारिएको छ । 

Results : 7513 - 7518 of 23770
Most Visited News (monthly)