Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7525 - 7530 of 23770
फिल्मीखबर, काठमाण्डौ, 2020-11-04, बुधवार

विगत ८ महिनादेखि सुनसान रहेको फिल्म क्षेत्र विस्तारै चलमलाउन थालेको छ । कोरोनाका कारण सिनेमा हल बन्द भए पनि केही फिल्मको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर छायांकन भइरहेको छ । यद्यपि, सरकारले फिल्म छायांकनको अनुमति भने दिएको छैन । आठ महिनादेखि कामविहीन भएका फिल्मकर्मीलाई फिल्म निर्माण हुन थालेपछि केही हदसम्म राहत मिलेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2020-11-04, बुधवार

दीपक ओलीको निर्देशनमा बन्न लागेको फिल्म ‘कृष्ण लीला’ मा अभिनेत्री परिवर्तन भएको छ । ‘लीला’ को भूमिकामा अनुबन्ध भएकी अभिनेत्री दीपिका प्रसाईंले स्वास्थ्यको कारण देखाउँदै फिल्मबाट हात झिकेपछि उनको ठाउँमा श्रद्धा क्षेत्री भित्रिएकी छन् । थाइराट र माइग्रेसनको समस्याले पीडित भएका कारण दीपिकाले फिल्म गर्न नसकेको निर्माता रत्न श्रेष्ठले जानकारी दिए । 

एजेन्सी, मुम्बई, 2020-11-03, मंगलवार

‘बाहुबली’ जस्तो सफल फिल्मका निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ विवादमा तानिएको छ । केही दिन अगाडि निर्माण टिमले अभिनेता जूनियर एनटीआरको लुक्स सार्वजनिक गरेको थियो । यसपछि तेलंगाना भाजपा अध्यक्ष बी सञ्जयले निर्देशक राजामौलीलाई हिन्दू भावनामा चोट पुर्‍याएको भन्दै यसको गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिएका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-11-03, मंगलवार

कोभिड १९ का कारण विगत आठ महिनादेखि फिल्म क्षेत्रमा कुनै प्रकारका गतिविधि भएका कारण छैनन् । सिनेमा हल बन्द हुँदा निर्माण सम्पन्न भएका फिल्म प्रदर्शनमा आउन सकेका छैनन् । हरेक वर्षको दशैंमा फिल्म रिलिज गर्न निर्माताबीच हानाथाप हुन्थ्यो । यसपाली कोरोनाका कारण दशैंमा कुनै फिल्म रिलिज भएनन् । आउँदै गरेको तिहारमा पनि यही अवस्था रहने निश्चित छ ।

फिल्मीखबर, काठमाण्डौ, 2020-11-03, मंगलवार

नेपालमा ‘मित्रता’ को कुरा गर्दा हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई उदाहरणका रुपमा लिइन्छ । कलाकारिताको लामो यात्रा एकसाथ तय गरेका उनीहरुको व्यक्तिगत र व्यावसायिक सम्बन्धमा आजसम्म दरार आएको छैन । चार दशकदेखि एकअर्काका पर्याय बनेका उनीहरुले कयैन् हास्यसिरियलसँगै नेपाली फिल्ममा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-11-03, मंगलवार

पछिल्लो केही वर्षयता नेपाली फिल्म क्षेत्रमा मुनाफा कमाएका फिल्मको सिक्वेल निर्माणमा बाढी आएको छ । नयाँ नाममा निर्माण भएका फिल्मभन्दा सिक्वेलप्रति दर्शकको चासो रहने र लगानी उठाउन सहज हुने सोचाइका कारण निर्माताहरु यसतर्फ आकर्षित भएको पाइन्छ । नेपाली फिल्मका बाघ निर्माताको रुपमा चिनिएका छविराज ओझा समेत सिक्वेल मोहबाट टाढा छैनन् । 

Results : 7525 - 7530 of 23770
Most Visited News (monthly)