Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7501 - 7506 of 23771
फिल्मीखबर, काठमाण्डौ, 2020-11-10, मंगलवार

२०१८ मा अभिनेता नाना पाटेकरमाथि यौन उत्पीडनको आरोप लगाएपछि अभिनेत्री तनुश्री दत्ता अचानक चर्चामा आइन् । फिल्म ‘हर्न ओके प्‍लीज’ को सेटमा नाना पाटेकरले आफूलाई गलत व्यवहार गरेको उनको आरोप छ । नाना पाटेकरले आफूलाई गलत तरिकाले छुने प्रयास गरेको उनले दाबी गरेकी छन् । मिटू मुभमेन्टको हिस्सा बनेकी उनी आफ्नो लागि न्याय मागिरहेकी छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-11-10, मंगलवार

छिमेकी मुलुक भारतमा कयौं कलाकारले करोडौंको लगानीमा फार्म हाउस खोलेका छन् । जसमा उनीहरु फुर्सदको समयमा परिवारसँग समय विताउने गर्दछन् । लकडाउनको समयमा सलमान खानले आफ्नो फार्म हाउसमा कृषि कर्म गरेका तस्विरहरु निकै भाइरल भएका थिए । आम्दानी सीमित हुने भएकाले नेपाली कलाकारहरुले भने फार्म हाउस खोल्न सकेका छैनन् ।

फिल्मीखबर, काठमाडौं, 2020-11-10, मंगलवार

पछिल्लो समय नेपाली कलाकारहरुको फिल्म निर्माणमा आकर्षण बढ्दै गएको छ । भुवन केसी, आर्यन सिग्देल, रेखा थापा, केकी अधिकारी, ऋचा शर्मा, करिश्मा मानन्धरलगायतले फिल्म निर्माण गरिसकेको अवस्थामा अभिनेत्री आँचल शर्मा पनि कोरोना महामारी अन्त्यपछि फिल्म निर्माण गर्ने तयारीमा जुटेकी छन् । उनले फिल्म निर्देशनको प्रस्ताव भने मिलन चाम्सलाई गरेकी छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-11-10, मंगलवार

नेपाली फिल्म क्षेत्रमा बौद्धिक अभिनेत्रीको रुपमा परिचित केकी अधिकारी अहिलेसम्म खासै ठूलो विवादमा तानिएकी छैनन् । यसको एउटै कारण हो, उनी तर्कसहित विचार पस्कन सिपालु छिन् । अभिनयमा पनि आफूलाई प्रमाणित गरिसकेकी उनले एक दशक लामो आफ्नो करिअरमा तीन दर्जन बढी फिल्ममा अभिनय गरेकी छन् । जसमध्ये सफल फिल्म ‘छ माया छपक्कै’ हो ।

एजेन्सी, मुम्बई, 2020-11-09, सोमवार

ड्रग्स मामलामा जारी छानविनमा नारकोट‍िक्स कन्ट्रोल ब्यूरोले ‘वेलकम, फिर हेरा फेरी, आवारा पागल दीवाना’ फिल्मका निर्माता फ‍िरोज नाड‍ियाडवालाको घरबाट ड्रग्स बरामद गरेको छ । यो शिलशिलामा एनसीबीले निर्माता नाड‍ियाडवालाकी पत्नी शबाना सईदलाई मुम्बईस्थित उनको घरमा दुई साक्षीको उपस्थितिमा गिरफ्तार गरेको छ भने फिरोजलाई पनि सोमवार बोलाइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2020-11-09, सोमवार

गएको तीन हप्ता अगाडि अभिनेत्री ऋचा शर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । तीन दिन लगातार असह्य टाउको दुखेपछि पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना संक्रमण देखिएको थियो । कोरोना पुष्टि भएपछि उनी झण्डै २२ दिन होम आइसोलेसनमा बसिन् । तीन हप्ता लामो होम आइसोलेसनपछि कोरोनालाई जितेकी उनी अहिले पूर्ण रुपमा स्वस्थ छिन् ।

Results : 7501 - 7506 of 23771
Most Visited News (monthly)