Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7507 - 7512 of 23771
फिल्मीखबर, काठमाण्डौ, 2020-11-09, सोमवार

फुर्सदको समयमा अदिती सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्दछिन् । आइतवार उनले फेसबुक र इन्स्टाग्राममा आफ्ना केही तस्विरहरु पोस्ट गर्दै ‘के तिमी कहिले मेरो सपना देख्छौ ?’ भनेर सोधेकी छन् । अदितीको यो जिज्ञासा आफ्ना प्रशंसकप्रति हो वा प्रेमीप्रति ? त्यो भने उनले खुलाएकी छैनन् । उनी डेढ वर्षदेखि भारतीय र्‍यापर अलिम मोरानीको प्रेममा रहेको चर्चा छ ।

फिल्मीखबर, काठमाडौं, 2020-11-09, सोमवार

कोरोनाका कारण अभिनेत्री दीपिका प्रसाईंले यस वर्षको जन्मदिन परिवारसँग मनाएकी छन् । आइतवार उनको जन्मदिन परेको थियो । श्रीमान दीवाकर भट्टराईसँग उनले काभ्रेको एक रिसोर्टमा जन्मदिन सेलिब्रेट गरेकी छन् । दीपिकाले श्रीमानको साथमा जन्मदिन मनाएका तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट्याएकी छन् । तस्विरमा उनीहरुलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2020-11-08, आईतवार

पेशाले स्वास्थ्यकर्मी तथा व्यवसायी हुन्, रोहिणी भट्टराई । तर, उनको परिचयको दायरा यतिमा मात्र सीमित छैन । उनी फिल्म निर्माता तथा कलाकार पनि हुन् । एक दशक अगाडि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने हास्यटेलिसिरियल ‘हिजो आजका कुरा’ बाट उनले अभिनय यात्रा सुरु गरेका थिए । यो सिरियलमा उनको भूमिका सानो भए पनि दर्शकले निकै मन पराएका थिए । 

फिल्मीखबर, काठमाण्डौ, 2020-11-08, आईतवार

अजय देवगनले पछिल्लो पटक अमिताभ बच्चनसँग ८ वर्ष अगाडि प्रकाश झाको फिल्म ‘सत्याग्रह’ मा काम गरेका थिए । अब अजयले नयाँ फिल्ममा अमिताभलाई निर्देशन गर्ने भएका छन् । फिल्म ‘मेडे’ मा उनीहरुबीच सहकार्य भएको हो । हैदराबादमा डिसेम्बरबाट छायांकन सुरु हुने फिल्ममा अजयको पनि अभिनय रहनेछ । उनले पाइलटको भूमिका निर्वाह गर्नेछन् ।

फिल्मीखबर, काठमाडौं, 2020-11-08, आईतवार

अभिनेत्री दीपिका प्रसाईंको डेब्यू फिल्म ‘ऐश्वर्य’ हो । यसमा उनले आफूभन्दा झण्डै आधा उमेर जेठा अभिनेता रमेश उप्रेतीसँग रोमान्स गरेकी थिइन् । फिल्ममा समावेश ‘तिमी रोएको पल’ गीत सार्वजनिक भएपछि फिल्म क्षेत्रमा उनको सुन्दरताको चर्चा हुन थालेको थियो । फिल्म प्रदर्शन भएपछि उनको अभिनयको पनि वाहवाही भयो । फिल्मले पनि हलमा सुखद व्यापार गर्‍यो ।

फिल्मीखबर, काठमाण्डौ, 2020-11-08, आईतवार

निर्देशक संगीता श्रेष्ठको शर्ट फिल्म ‘आइसक्रिम’ ले ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’ मा दुई विधामा अवार्ड जितेको छ । शनिबार घोषणा भएको अवार्ड समारोहमा फिल्मले उत्कृष्ट बाल कलाकार र सम्पादन गरी दुई विधामा अवार्ड जितेको निर्देशक श्रेष्ठले जानकारी दिइन् । नोभेम्बर ३ देखि ८ सम्म आयोजना भएको फेस्टिभलको पहिलो दिन नै यो फिल्म स्क्रिनिङ भएको थियो ।

Results : 7507 - 7512 of 23771
Most Visited News (monthly)