Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

कोरोना संक्रमित मनोज गजुरेलको अवस्था गम्भीर

फिल्मीखबर, काठमाण्डौ, 2020/11/06
 
कोरोना संक्रमण पुष्टि भएपछि १० दिनदेखि होम आइसोलेशन बसिरहेका चर्चित हास्यकलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएको छ । उनलाई कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । बुधवार स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको छ । थप उपचारको लागि उनलाई बिहीबार आईसीयूमा सारिएको छ । 
 
मनोज गजुरेलले फेसबुकबाट आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए । संक्रमणबाट बच्न सुरक्षाका सम्पूर्ण उपायहरू अपनाउँदा अपनाउँदै आफू कोरोना संक्रमित हुन पुगेको उनले बताएका थिए । उनले गएको मंगलवार फेसबुकमा आफ्नो स्वास्थ्य अवस्था पूर्ण रुपमा सुधार नभएको र शरीरले फरक फरक कृया-प्रतिकृया देखाइरहेको उल्लेख गरेका थिए ।
 
कोरोना संक्रमण रोकथामका लागि सरकारले लकडाउन घोषणा गर्नुभन्दा अगाडि मनोज गजुरेल कमेडी शो ‘कमेडी च्याम्पियन’ मा व्यस्त थिए । अब यसको दोस्रो सिजनको तयारी भइरहेको छ । यो शोमा उनी निर्णायकको भूमिकामा छन् । उनले फिल्ममा समेत डेब्यू गरिसकेका छन् । फिल्म ‘सय कडा दश’ मा उनी मुख्य भूमिका थिए । तर, फिल्म बक्सअफिसमा असफल भयो ।
Most Visited News (monthly)