
सोमवारबाट ५५ वर्षमा प्रवेश गरेका बलिउड अभिनेता शाहरुख खानले ९० को दशकको आफ्नो करिअर सुरु गरेका थिए । त्यसबेला बलिउडमा केही यस्ता फिल्म बनिरहेका थिए, जुन चलेका कलाकारहरुले साइन गरिरहेका थिएनन् । उनीहरुले छाडेको फिल्ममा नयाँ कलाकारले काम गर्ने अवसर पाउँदथे । यिनै छाडेका फिल्म गरेर सुपरस्टार बनेका हुन्, शाहरुख खान ।

विजनेशका कारण अफर भएका फिल्म नगर्दा धेरै फिल्मकर्मी आफूसँग रिसाएको उनी बताउँछन् । ‘विजनेश गर्ने चक्करमा मोबाइल नै बन्द गरेर राखेँ । अफर आएका फिल्म पनि गरिनँ । त्यसैले मसँग धेरै रिसाउनु भएको छ । अब दुईवटै विजनेश राम्रो चलेकाले फिल्मलाई समय दिने सोचेको छु,’ सविनले भने ।

दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे र जितु नेपालको समुहलाई नेपाली फिल्म क्षेत्रको शक्तिशाली टिम भन्ने गरिन्छ । ‘६ एकान ६’ देखि पछिल्लो रिलिज फिल्म ‘छ माया छपक्कै’ सम्म आइपुग्दा यो टिमले बनाएका हरेक फिल्मले बक्सअफिसमा ठूलो सफलता हात पारेका छन् । यसैले यो टिमका फिल्मसँग हलमा जुध्न र दुश्मनी होल्न हत्तपत्त कसैले हिम्मत गर्दैनन् ।

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन ४७ वर्षकी भएकी छन् । १ नोभेम्बर १९७३ मा मैंगलूरमा जन्मिएकी उनी १९९७ देखि फिल्म अभिनयमा सक्रिय छिन् । कयैन् यादगार फिल्ममा जीवन्त अभिनय गरेकी उनले अभिनेता शाहरुख खानसँग ‘जोश’, ‘देवदास’, ‘मोहब्बतें’ जस्ता फिल्ममा काम गरेकी थिइन् । तर, एक समय शाहरुखले ऐश्वर्यालाई करीब पाँचवटा फिल्मबाट निकालेका थिए ।

दीपेन्द्र लामा निर्देशित फिल्म ‘छ माया छपक्कै’ पाइरेसीको शिकार भएको छ । डिस होममा प्रदर्शन भएर अभिनेत्री ऋचा शर्माले सञ्चालनमा ल्याएको ओटीटी प्लेटफर्म ‘चलचित्र एप’ मा रिलिज भएको यो फिल्म यहीबाट यूट्युबमा पाइरेसी भएको हुनसक्ने आशंका निर्माण टिमले गरेको छ । शनिवार कपिराइट अल सङलगायत केही यूट्युब च्यानलमा फिल्म अपलोड भएको थियो ।

सेलिब्रेटीहरु सकभर प्रेम सम्बन्ध लुकाउन चाहन्छन् । लभ लाइफ सार्वजनिक गर्दा फ्यान फलोइङ घट्ने र करिअरलाई असर पर्ने डरले प्रायः कलाकार प्रेम सम्बन्ध गोप्य राख्ने गर्दछन् । तर, केही जोडीलाई भने यी कुराको कुनै प्रवाह छैन । उनीहरु खुल्लम खुल्ला प्रेममा रमाइरहेका छन् । यसका एक उदाहरण हुन्, अभिनेता सौगात मल्ल र अभिनेत्री तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ ।

