
यस वर्षको फेब्रअरीमा अभिनेता ऋतिक रोशनले एक अमेरिकन ट्यालेन्ट म्यानेजमेन्ट एजेन्सीलाई हायर गरेका थिए । भारतीय मिडियाका अनुसार, यो ट्यालेन्ट एजेन्सीले हलिउडमा उनको प्रचार गर्नेछ । यसबीच, ऋतिकलाई एक हलिउड फिल्मबाट अफर आएको खबर बाहिरिएको छ । उनले चाँडै पहिलो हलिउड फिल्मको छायांकन सुरु गर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

कोरोना भाइरसको महामारीका कारण आठ महिनादेखि दर्शकले सिनेमा हलमा नयाँ फिल्म हेर्न पाएका छैनन् । लकडाउनको समयमा यूट्यबमा पनि खासै धेरै फिल्म सार्वजनिक भएनन् । जसले गर्दा दर्शकहरु हलमा हेर्न छुटेका फिल्महरु यूट्युबमा प्रतिक्षा गरेर बसेका छन् । यसबीच, बिहीवारबाट अभिनेता अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ३’ यूट्युबमा उपलब्ध भएको छ ।

कोरोना संक्रमण रोकथामका लागि सरकारले चैत पहिलो हप्ताबाट लकडाउन घोषणा गरेपछि करीब आठ महिना फिल्म सम्बन्धि हरेक गतिविधि पूर्ण रुपमा ठप्प रहे । निषेधाज्ञा खुकुलो भएपछि सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिएको छ । तर, फिल्म क्षेत्रमा लगाइएको प्रतिबन्ध अझै कायम छ । जसले गर्दा बन्द रहेका सिनेमा हलहरु सञ्चालनमा आउन सकेका छैनन् ।

नेपालमा भयावह रुपमा फैलिएको कोरोनाको संक्रमणबाट नेपाली फिल्मकर्मीहरु पनि अछुतो रहन सकेका छैनन् । अहिलेसम्म एक दर्जन बढी फिल्मकर्मी कोरोनाबाट संक्रमित भइसकेका छन् । केहीले कोरोनालाई पराजित गरेका छन् भने कोही होम आइसोलेसनमा बसेर स्वास्थ्यलाभ गरिरहेका छन् । कोरोनाबाट छायाँकार बैकुण्ठमान मास्केको निधन समेत भइसकेको छ ।

निर्देशक, निर्माता तथा छायाँकार दीपेन्द्र के. खनाललाई पितृशोक परेको छ । उनका पिता श्याम कुमार खनालको ६६ वर्षको उमेरमा निधन भएको हो । खनालको उपचारको क्रममा निधन भएको वितरक तथा निर्माता करण श्रेष्ठले जानकारी दिए । निर्देशक खनालका पिताको निमोनियाका कारण बुधवार मनमोहन अस्पतालमा निधन भएको हो । उनका तीन छोरा र एक छोरी छन् ।

बाल्यकालदेखि अभिनयमा सक्रिय रहेकी अभिनेत्री नीता ढुंगानाले दुई दशक लामो फिल्म करिअरमा आशातित सफलता हासिल गर्न सकेकी छैनन् । ‘६ एकान ६’ बाहेक उनी सोलो अभिनेत्री रहेका फिल्म व्यावसायिक रुपमा असफल छन् । यद्यपि, उनको अभिनयको भने चर्चा हुने गरेको छ । राष्ट्रिय पुरस्कार समेत जितिसकेकी उनी लकडाउनपछि धर्मकर्ममा सक्रिय देखिएकी छन् ।
