
अभिनेता राजेश हमालले चार वर्षपछि अभिनयमा कमब्याक गर्न लागेको फिल्म ‘सत्यम् : राइजिङ अफ दि हिरोज्’ को ‘थिमेट्रीकल स्केच पोस्टर’ सार्वजनिक गरिएको छ । पोस्टरमा हमालको स्केच फोटो समावेश छ र उनलाई ‘महानायक’ सम्बोधन गरिएको छ । उनको हातमा बन्दुक पनि देख्न सकिन्छ । पोस्टरले फिल्ममा हमाल एक्सन अवतारमा प्रस्तुत हुन लागेको बुझाउँछ ।

फिल्म ‘बुलबुल’ मा निर्वाह गरेको चरित्र र त्यसमा गरेको जीवन्त अभिनयले अभिनेत्री स्वस्तिमा खड्कालाई नयाँ पहिचान दिएको छ । समीक्षकले उनलाई उच्च कोटीको अभिनेत्रीको रुपमा ब्याख्या गरेका छन् । तर, यो फिल्मपछि उनको कामको प्रशंसा भएको छैन । पछिल्ला फिल्म ‘नाईं नभन्नू ल ५, हजार जुनीसम्म र घामड शेरे’ मा उनको भूमिका र अभिनय कमजोर मानिएको थियो ।

बलिउडकी नामी अभिनेत्री हुन्, काजोल । आफ्नो अभिनय कलाबाट उनले वर्षौंदेखि दर्शकको मनमा राज गरेकी छन् । १६ वर्षको उमेरमा फिल्म करिअरको सुरुवात गरेकी उनमा आत्मविश्वासको पनि कमी छैन । उनी जति कन्फिडेन्ट आफ्नो अभिनयलाई लिएर छिन्, त्यति नै आफ्नो लुक्सलाई लिएर पनि छिन् । तर, हालै उनले आफ्नो लुक्सलाई लिएर ठूलो खुलासा गरेकी छन् ।

के तपाईंले विश्वमा कुनै फिल्मको पहिलोे पार्टभन्दा अगाडि दोस्रो पार्ट बनेको सुन्नुभएको छ ? सम्भवतः छैन होला । तर, नेपालमा एउटा फिल्मको पहिलो पार्ट निर्माण नहुँदै दोस्रो पार्टको छायांकन सुरु हुने भएको छ । र, प्रदर्शन पनि पहिलो पार्टभन्दा अगाडि नै हुने भएको छ । निर्देशक मिलन चाम्स फागुन पहिलो साताबाट फिल्म ‘गोर्खा वारियर २’ को छायांकन सुरु गर्ने तयारीमा छन् ।

नारायण रायमाझी निर्देशित मल्टीस्टारर फिल्म ‘परदेशी २’ अर्को वर्ष (२०७८) को दशैंमा देशव्यापी प्रदर्शनमा आउने भएको छ । यो फिल्म यस वर्षको दशैंमा नै प्रदर्शनमा आउने तयारीमा थियो । तर, कोरोना भाइरसका कारण छायांकन पूरा नहुँदा फिल्म प्रदर्शनमा आउन सकेन । वितरकसँगको छलफलपछि निर्माण टिमले अर्को वर्षको दशैंलाई फिल्मको प्रदर्शन मिति तोकेको हो ।

‘क्याप्टेन’ फेम्ड निर्देशक दीवाकर भट्टराईको पाइपलाइनमा अहिले दुईवटा फिल्म छ । जसमध्ये एउटा फिल्म ‘तिमीसँगै हुन मन छ’ उनी आफैंले निर्माण र निर्देशन गर्दैछन् । उनी यो फिल्मको छायांकन लकडाउन अगाडि नै सुरु गर्ने तयारीमा थिए । तर, कोरोनाका कारण फिल्मको निर्माण हुन सकेन । अब उनी चैत अन्तिम साताबाट फिल्मको छायांकन सुरु गर्ने योजनामा छन् ।

