Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7267 - 7272 of 23775
फिल्मीखबर, काठमाडौं, 2021-01-20, बुधवार

अभिनेता राजेश हमालले ४ वर्षपछि फिल्मको पर्दामा कमब्याक गर्ने भएका छन् । पछिल्लो पटक फिल्म ‘शकुन्तला’ मा देखिएका उनले यसै हप्ता फिल्म ‘सत्यम्’ साइन गरेका छन् । निर्माण टिमसँग ८ महिना लामो छलफलपछि उनी यो फिल्म गर्न तयार भएका हुन् । ‘रोमियो’ फेम्ड निर्देशक शंकर कार्कीले निर्देशन गर्न लागेको फिल्ममा हमालको भूमिका शक्तिशाली रहेको जानकारी प्राप्त छ । 

फिल्मीखबर, काठमाण्डौ, 2021-01-20, बुधवार

‘बुलबुल’ बाट अभिनयको तारिफसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड बटुलेकी अभिनेत्री स्वस्तिमा खड्का पहिलो पटक नाटकमा काम गर्ने तयारीमा छिन् । १५ वर्ष अगाडि प्रकाशन भएको नारायण वाग्लेद्वारा लिखित २०६१ सालमा मदन पुरस्कार प्राप्त कृति ‘पल्पसा क्याफे’ माथि बन्न लागेको नाटकमा उनले अभिनय गर्न लागेकी हुन् । यसमा उनले पल्पसाको भूमिका निर्वाह गर्दैछिन् । 

फिल्मीखबर, काठमाण्डौ, 2021-01-20, बुधवार
एजेन्सी, मुम्बई, 2021-01-19, मंगलवार

सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘राधे’ यस वर्षको ईदमा नै प्रदर्शन हुने भएको छ । सलमानले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् । ‘राधे’ लाई सिनेमा हलमै रिलिज गर्न देशभरका हल सञ्चालक र प्रदर्शकले सलमानलाई अनुरोध गरेका थिए । उनीहरुकै आग्रहमा उनले कोरोना कहरको समयमा फिल्म प्रदर्शन गर्ने जोखिम उठाउन लागेका हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2021-01-19, मंगलवार

अभिनेत्री स्वस्तिमा खड्काले पहिलो पटक नाटकमा अभिनय गर्ने भएकी छन् । फिल्म ‘होस्टल रिर्टन्स’ बाट अभिनय करिअर सुरु गरेकी उनले २०६१ सालमा मदन पुरस्कार प्राप्त गरेको नारायण वाग्लेद्वारा लिखित कृति ‘पल्पसा क्याफे’ माथि बन्न लागेको नाटकमा अभिनय गर्न लागेकी हुन् । विमल सुवेदीले निर्देशन गर्ने यो नाटकमा स्वस्तिमाले पल्पसाको भूमिका निर्वाह गर्नेछिन् ।

फिल्मीखबर, काठमाडौं, 2021-01-19, मंगलवार

सन्तोष ढकाल निर्देशित फिल्म ‘गोर्खे’ को शीर्ष गीत सार्वजनिक भएको छ । ‘गोर्खे गोर्खे’ बोलको लिरिकल भिडियोमा गोर्खाली सैनिकको बहादुरी देखाइएको छ । शास शाक्यको स्वर र संगीत रहेको गीतमा नग्वा फिन्जु पाख्रिनको शब्द सिर्जना छ । फिल्मका चल-अचल दृश्य समावेश गरिएको गीतको भिडियोमा रविन्द्र प्रताप सेन, अर्जुन गुरुङ लगायतका कलाकारहरु फिचर छन् । 

Results : 7267 - 7272 of 23775
Most Visited News (monthly)