Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्मकी स्वस्तिमा नाटककी स्वस्तिमा हुन सिक्दै

फिल्मीखबर, काठमाडौं, 2021/01/23
 
फिल्म ‘बुलबुल’ मा निर्वाह गरेको चरित्र र त्यसमा गरेको जीवन्त अभिनयले अभिनेत्री स्वस्तिमा खड्कालाई नयाँ पहिचान दिएको छ । समीक्षकले उनलाई उच्च कोटीको अभिनेत्रीको रुपमा ब्याख्या गरेका छन् । तर, यो फिल्मपछि उनको कामको प्रशंसा भएको छैन । पछिल्ला फिल्म ‘नाईं नभन्नू ल ५, हजार जुनीसम्म र घामड शेरे’ मा उनको भूमिका र अभिनय कमजोर मानिएको थियो ।
 
‘बुलबुल’ को समीक्षात्मक सफलतापछि उनलाई कमर्शियलसँगै आर्ट फिल्मबाट समेत प्रस्ताव आउन थालेको छ । केही समयमा दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘चिसो मान्छे’ मा काम गर्न लागेकी उनी पहिलो पटक नाटकमा समेत अभिनय गर्दैछिन् । १५ वर्ष अगाडि प्रकाशन भएको कृति ‘पल्पसा क्याफे’ माथि बन्न लागेको नाटकमा उनले अभिनय गर्न लागेकी हुन् ।
 
यसमा उनले पल्पसाको भूमिका निर्वाह गर्दैछिन् । नाटकलाई विमल सुवेदीले निर्देशन गर्दैछन् भने सुरज सुवेदीले नाट्य रुपान्तरण गरेका हुन् । नाटकलाई आउँदो बैशाखमा मञ्चन गर्ने तयारी गरिएको छ । स्वस्तिमा नाटकबाट नयाँ कुरा सिक्ने पाउने र यसबाट सिकेको ज्ञानलाई फिल्मको पर्दामा प्रस्तुत गर्न सघाउनेमा विश्वस्त छिन् । अहिले उनी नाटकका लागि वर्कसप गरिरहेकी छन् । 
 
उनले शुक्रवार आफ्नो आधिकारिक फेसबुकमा स्टाटस लेख्दै फिल्मकी स्वस्तिमा नाटककी स्वस्तिमा हुन सिकिरहेको बताएकी छन् । उनी लेखेकी छन्, ‘उपन्यासकी पल्पसा नाटककी पल्पसा हुन सिक्दैछिन्, फिल्मकी स्वस्तिमा नाटककी स्वस्तिमा हुन सिक्दैछिन् । हामी एकअर्काबाट नयाँ हुन सिक्दै छौँ । नयाँ जिम्मेवारी निभाउन सिक्दैछौँ । तपाईं हाम्रो भेट चाँडै थिएटरमा हुनेछ ।’
 

Most Visited News (monthly)