.jpg)
बलिउडकी नामी अभिनेत्री हुन्, काजोल । आफ्नो अभिनय कलाबाट उनले वर्षौंदेखि दर्शकको मनमा राज गरेकी छन् । १६ वर्षको उमेरमा फिल्म करिअरको सुरुवात गरेकी उनमा आत्मविश्वासको पनि कमी छैन । उनी जति कन्फिडेन्ट आफ्नो अभिनयलाई लिएर छिन्, त्यति नै आफ्नो लुक्सलाई लिएर पनि छिन् । तर, हालै उनले आफ्नो लुक्सलाई लिएर ठूलो खुलासा गरेकी छन् ।
उनले आफूलाई आकर्षक मान्ने गरेको भए पनि सुन्दर मान्दिन थिइन् । यो विशेषणलाई आफूसँग जोड्न उनलाई कयौं वर्ष लाग्यो । जबकि, उनी आफ्नो स्किनलाई लिएर पूर्ण कन्फिडेन्ट थिइन् । नेटफ्लिक्ससँग कुराकानी गर्दै उनले भनिन्, ‘मलाई कयौं वर्ष लाग्यो कि यो स्वीकार गर्न, म सुन्दर छु । जब ममा आत्मविश्वास आयो तबदेखि म आफैंलाई ऐनामा हेरेर आफ्नो सुन्दरको प्रशंसा गर्थे ।’
काजोल अगाडि भन्छिन्, ‘मलाई गलत नसम्झनुहोस्, म ठूलो हुनुका साथ-साथ आफ्नो स्क्रिनलाई लिएर कन्फिडेन्ट थिएँ । म आफैंलाई लिएर यो सोच्थे कि म आकर्षक, स्मार्ट र शान्त छु । तर, सुन्दरताको कुरा आउँदा मलाई सोच्नु पर्थ्यो । मलाई लाग्थ्यो कि म सुन्दर छैन । मलाई मानिसहरुले पनि यो कुराको महशुस दिलाउँथे । यही कारण म सुन्दर छु भन्ने स्वीकार गर्न वर्षौं लाग्यो ।’

