
अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानले पहिलो पटक एकसाथ काम गर्न लागेको फिल्म ‘गणपति’ को छायांकन सुरु भएको छ । बिहीवार तनहुँ बन्दीपुर गाउँपालिका थारुबासबाट फिल्मको छायांकन सुरु भएको हो । फिल्मको छायांकनका लागि निर्माण टिम बुधवार त्यसतर्फ प्रस्थान गरेको थियो । गाउँले परिवेशमा खिचिने फिल्मको सम्पूर्ण छायांकन बन्दीपुरमा नै हुनेछ ।

वर्ष २०२० विश्वभरको फिल्म इन्डस्ट्रीका लागि खराब समय रह्यो । कोरोनाका कारण कयौं ठूला फिल्म रिलिज हुन सकेनन्, तयारीमा रहेका फिल्मको पनि रिलिज डेट सारियो । कयौं कलाकार आर्थिक समस्याबाट गुज्रन बाध्य भए । तर, बलिउडका केही सेलिब्रेटीले भने यसको सामना गर्नुपरेन । कोरोना कहरको समयमा पनि उनीहरुले विज्ञापनबाट मनग्य आम्दानी गरेका छन् ।

२ वर्ष अगाडि फिल्म ‘ड्रिम गर्ल’ को ट्रेलर रिलिज कार्यक्रममा निर्माण घोषणा गरिएको फिल्म ‘चुरीफुरी’ को छायांकन सुरु भएको छ । अहिले काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको फिल्मलाई ऋषिराज आचार्यले निर्देशन गरिरहेका छन् । हाँस्य टेलिश्रृंंखला र वेब सिरिजका हाँस्य कलाकारहरुको बाहुल्यता रहेको फिल्मका मुख्य नायक र नायिका भने गोप्य राखिएको छ ।

अभिनेता शिव श्रेष्ठ र अभिनेत्री करिश्मा मानन्धर एक समयको हिट जोडी हो । ‘मनकामना, ट्रक ड्राइभर, आर्शिवाद’ जस्ता फिल्ममा उनीहरुले गरेको अभिनयको अहिले पनि चर्चा हुन्छ । तर, डेढ दशकदेखि भने दर्शकहरुले यो जोडीलाई एकसाथ काँचको पर्दामा हेर्न पाएका छैनन् । करिश्मा त पछिल्लो समय अभिनयबाट निस्क्रियझैँ छिन् । शिवले भने फिल्ममा काम गरिरहेका छन् ।

नेपाली सेलिब्रेटी र दर्शकबीचको दूरी मेटाउने उद्येश्यसहित नेपालमा पहिलो पटक एप्लिकेशन तथा वेभसाइट लञ्च भएको छ । मंगलवार साँझ राजधानीको पाँचतारे होटल र्याडिसनमा भएको एक कार्यक्रमका बीच ‘सेलेब्स ग्रिट्स डटकम’ को औपचारिक सुरुवात गरिएको हो । यसको ब्रान्ड एम्बेस्डरमा ‘ह्यान्डसम भिलेन’ को रुपमा परिचित अनुपविक्रम शाही नियुक्त भएका छन् ।

एक समयका सफल निर्देशक दीपक श्रेष्ठ सात वर्षपछि फिल्म निर्देशनमा फर्किँदैछन् । पछिल्लो पटक ‘रङ वे’ निर्देशन गरेका उनी अब ‘घिन्ताङ’ नाममा नयाँ फिल्म बनाउने तयारीमा जुटेका छन् । फिल्मका लागि मुख्य कलाकार समेत फाइनल गरिएको छ । केही दिन अगाडि ‘अनुराग’ बाट अभिनेत्रीमा डेब्यू गरेकी एलिजा गौतमसँग निर्देशक श्रेष्ठले कागजी सम्झौता गरेका थिए ।

