Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7273 - 7278 of 23775
फिल्मीखबर, काठमाडौं, 2021-01-19, मंगलवार

नेपाली निर्माताको बोलीमा विश्वास गर्ने हो भने आजसम्म कुनै पनि नेपाली फिल्म बक्सअफिसमा असफल छैनन् । आत्मरतीमा रमाउन पोस्टरको समेत पैसा उठाउन नसकेको फिल्मले लगानी उठायो भन्दै सफलताको पार्टी दिन नेपाली निर्मातालाई रत्ति पनि सरम लाग्दैन । रिलिजको भोलीपल्टै फिल्मले करोड कमायो भन्दै विदेशमा फिल्म बेच्न केक काटेर नाटक समेत रच्न भ्याउँछन् ।

एजेन्सी, मुम्बई, 2021-01-18, सोमवार

अभिनेत्री कंगना रनावत सोसल मिडियामा निकै सक्रिय रहने गर्दछिन् । पछिल्लो समय कुनै न कुनै मुद्धामा निर्भिक रुपमा आफ्नो भनाई राख्ने गरेकी उनी विवादमा समेत मुछिएकी हुन्छिन् । उनै, कंगनाले एक कलाकारको रुपमा नेपोटिज्म र मुभी माफियाभन्दा घातक रातको समयमा काम गर्नु रहेको बताएकी छन् । आफ्नो नाइट सिफ्टमा काम नगर्ने बानी नभएको उनको भनाई छ ।

फिल्मीखबर, काठमाडौं, 2021-01-18, सोमवार

कोभिड १९ का कारण सरकारले लकडाउन घोषणा गरेपछि ९ महिना फिल्म निर्माण ठप्प भयो । दशैंदेखि निर्माताहरुले जबरजस्ती रुपमा फिल्मको छायांकन गर्न थालेपछि सरकारले पनि मंसिर अन्तिम साताबाट फिल्म छायांकन खुल्ला गरेको छ । योसँगै निर्माणको तयारीमा रहेका फिल्मको छायांकन धमाधम सुरु भएको छ । अहिले आधा दर्जन बढी फिल्म फ्लोरमा छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-01-18, सोमवार

फिल्म ‘मंगलम’ पछि अभिनेता पुष्प खड्काको करिअरले गति लिएको छ । अहिले उनको हातमा फिल्मको कमी छैन । गिनेचुनेका ब्यानरको रोजाईमा समेत पर्न थालेका उनले लकडाउनभन्दा अगाडि फिल्म ‘मनसँग मन’ को छायांकन पूरा गरेका थिए । लकडाउनको समयमा दुई दर्जन बढी म्यूजिक भिडियोमा काम गरेका उनलाई तिहारपछि फेरि फिल्ममा भ्याइनभ्याइ छ । 

फिल्मीखबर, काठमाण्डौ, 2021-01-18, सोमवार

निर्माता माधव वाग्ले आफ्नो नामको अगाडि निर्देशक थप्ने प्रयासमा छन् । फिल्म निर्देशनमा डेब्यू गर्ने तयारीसहित उनले गत वर्ष ‘पारस’ घोषणा गर्दै अभिनेताको प्रस्ताव अनमोल केसीलाई गरेका थिए । अनमोललाई स्क्रिप्ट मन परेपछि भुवन केसीले फिल्मको निर्माण आफैंले गर्ने गरी निर्माता वाग्लेलाई निर्देशकको जिम्मेवारी दिए । तर, अब यो फिल्मबाट निर्माता वाग्ले अलगिएका छन् ।

एजेन्सी, मुम्बई, 2021-01-17, आईतवार

२०१९ मा प्रदर्शनमा आएको फिल्म ‘कबीर सिंह’ पछि अभिनेता शाहिद कपूर अब ‘जर्सी’ रिलिजको तयारीमा जुटेका छन् । आइतवार फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ । गौतम तिन्नौरीको निर्देशनमा बनेको फिल्म यस वर्षको दिपावली (५ नोभेम्बर २०२१) मा सिनेमा घरमा प्रदर्शन हुने भएको छ । यो फिल्म २०१९ मा आएको तमिल फिल्म ‘जर्सी’ को हिन्दी रिमेक हो ।

Results : 7273 - 7278 of 23775
Most Visited News (monthly)