Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ओस्कार कलेजले २४ जनालाई छात्रवृत्तिमा पढाउने

फिल्मीखबर, काठमाडौं, 2021/02/01
 
फिल्मका विभिन्न विधामा अध्यापन गराउने उद्येश्यसहित १६ वर्ष अगाडि स्थापना भएको नेपालको ओस्कार कलेजले यस वर्ष २४ जना विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने भएको छ । कोरोना भाइरसको महामारीका कारण फिल्म पढ्ने इच्छा भएका विद्यार्थीको सपना आर्थिक अभावका कारण नरोकियोस् भन्ने मनसायले २४ जना विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको कलेजले जनाएको छ । 
 
जसमध्ये २० जनाले ‘कोभिड रिलिफ स्कलरसीप अवार्ड’ र बाँकी ४ जनाले ‘फिल्म एन्ड मिडिया प्रोफेसनल स्कलरसीप अवार्ड’ पाउनेछन् । ‘कोभिड रिलिफ स्कलरसीप अवार्ड’ पाउने विद्यार्थीले ४ वर्षको अवधिमा विभिन्न आर्थिक सहयोग पाउनेछन् भने ‘फिल्म एन्ड मिडिया प्रोफेसनल स्कलरसीप अवार्ड’ पाउने विद्यार्थीले पढाइ अवधिभर लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् । 
 
फिल्म पढ्न चाहने विद्यार्थी र कलेजबीचको सम्बन्ध प्रगाढ बनाउन छात्रवृत्तिको घोषणा गरेको कलेजले जनाएको छ । ओस्कारमा पढेर यो छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले मिडिया तथा फिल्म क्षेत्रमा सक्रियताका साथ ५ वर्ष काम गरेको हुनुपर्नेछ । यो कलेजले सिंगापुरको इन्फिनिट स्टुडियोसँगको सहकार्यमा अन्तिम वर्षमा पढ्ने ५ जना विद्यार्थीलाई पनि छात्रवृत्ति दिँदै आएको छ । 
Most Visited News (monthly)