Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छोरीलाई लिएर ‘बनवास’ बनाउँदै करिश्मा

फिल्मीखबर, काठमाडौं, 2021/02/01
 
अभिनेत्री करिश्मा मानन्धर लामो समयपछि फिल्म निर्माणमा फर्किने भएकी छन् । पछिल्लो पटक ‘फागु’ बनाएकी उनले छोरी कविता मानन्धरलाई लिएर फिल्म ‘बनवास’ निर्माण गर्ने भएकी छन् । आइतवार साँझ फेसबुकमा थिम पोस्टर सार्वजनिक गर्दै उनले फिल्मको निर्माण घोषणा गरेकी हुन् । फिल्मले परिवार र सम्बन्धको कथा वाचन गर्ने पनि उनले जानकारी दिएकी छन् ।
 
पोस्टरमा उल्लेख भए अनुसार फिल्मले पिता र छोरीको सम्बन्धको कथा भन्नेछ । छोरीको भूमिका कविताले निर्वाह गर्नेछिन् भने पिताको भूमिकामा अभिनेता सरोज खनाल अनुबन्ध भएका छन् । खनालले फिल्मको कथावस्तु र आफ्नो भूमिका असाध्धै मन परेका कारण काम गर्नका लागि स्वीकृति जनाएको फिल्मीखबरलाई बताए । फिल्मको कथा सुशील क्षेत्रीले तयार पारेका हुन् ।
 
फिल्मलाई करिश्मा आफैंले निर्देशन गर्न लागेको चर्चा छ । तर, यसबारेमा उनले कुनै जानकारी दिएकी छैनन् । कविताको डेब्यू फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन लगत्तै उनले छोरीलाई मुख्य भूमिकामा लिएर नयाँ फिल्म बनाउन लाग्नुलाई धेरैले धेरै कोणबाट विश्लेषण गरेका छन् । उनले शिव श्रेष्ठलाई काउन्टर दिन फिल्म घोषणा गरेको हुनसक्ने कतिपयको बुझाइ छ ।
 
शिवले ‘एउटा यस्तो प्रेम कहानी’ बाट कवितालाई डेब्यूको अवसर दिएका हुन् । तर, छायांकन नै पूरा नभइ फिल्म प्रदर्शनमा आयो । फिल्ममा कविताको सिन पनि छोट्याइएपछि करिश्मा शिवसँग रुष्ट थिइन् । अन्ततः फिल्म पनि चलेन । यो फिल्मको असफलताले कविताको करिअर संकटमा परेको टिप्पणी भइरहँदा करिश्माले छोरीलाई लिएर नयाँ फिल्मको घोषणा गरेकी छन् ।
 

Most Visited News (monthly)