
नेपालमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो नेपाली तेन्जिङ नोर्गे शेर्पाको बारेमा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामले फिल्म बनाउने भएका छन् । ओबामा दाम्पतीको प्रोडक्सन कम्पनी ‘हाइअर ग्राण्ड प्रोडक्सन’ ले नेटफ्लिक्ससँगको सहकार्यमा फिल्म निर्माण गर्न लागेको हो । जेनिफर पिडमले निर्देशन गर्ने फिल्मको नाम ‘तेन्जिङ’ हुनेछ ।

अभिनेत्री नीता ढुंगानाले देशको पछिल्लो राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गरेकी छन् । भोजपुरी फिल्म ‘माही’ को छायांकनका लागि भारतको ताजनगरी आगरामा रहेकी उनले देश र जनताको हितमा काम गर्ने भनेका नेताहरुले जनतालाई नै दुःख दिने गरेको बताएकी छन् । देशभन्दा आफ्नो लागि सोच्ने नेताहरु धेरै भएका कारण जनताले दुःख पाएको उनको गुनासो छ ।

म्यूजिक भिडियो हुँदै फिल्ममा फड्को मारेका अभिनेता पल शाहले एक हजारभन्दा बढी म्यूजिक भिडियोमा काम गरिसकेका छन् । लकडाउनयता मात्र सयभन्दा बढी म्यूजिक भिडियोमा काम गरेका उनलाई कतिपयले म्यूजिक भिडियोको ‘किंग’ समेत भन्ने गरेका छन् । उनले अभिनय गरेपछि गीतले यूट्युबमा आक्रामक भ्यूज पाउने विश्वास गायक-गायिका तथा संगीतकारमा छ ।

बलिउड सुपरस्टार अमिताभ बच्चनका छोरा अभिषेकले आफ्नो मेहनतबाट इन्डस्ट्रीमा अलग स्थान बनाएका छन् । ‘धूम, बन्टी और बबली, युवा’ जस्ता फिल्ममा काम गरेर दर्शकको मन जितेका उनी शुक्रवार ४५औं जन्मदिन मनाउँदैछन् । उनको ५ फेब्रअरी १९७६ मा मुम्बईमा भएको थियो । सन् २००० मा आएको फिल्म ‘रिफ्यूजी’ बाट उनले बलिउडमा आफ्नो पाइला राखेका थिए ।

कोरोना कहरका बीच यस वर्षको दशैंको घटस्थापनाबाट छायांकन सुरु भएको अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङ स्टारर फिल्म ‘आई एम ट्वान्टी वान’ को इन्डक्ल्याप भएको छ । क्यामेरा ‘अन’ भएको ५५औं दिनमा फिल्मको छायांकन सकिएको हो । काठमाडौं, धरान, ललितपुर लगायतका स्थानमा छायांकन भएको फिल्मलाई रेनशा वान्तवा राईले निर्देशन गरेकी हुन् ।

अभिनेत्री करिश्मा मानन्धर नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्दा नेपालमा फिल्म निर्माणले भर्खर-भर्खर गति लिन थालेको थियो । १४ वर्षको कलिलो उमेरमा फिल्म ‘सन्तान’ बाट अभिनय करिअर सुरु गरेकी उनले फिल्म क्षेत्रमा तीन दशक विताइसकेकी छन् । केही भारतीय फिल्ममा समेत काम गरिसकेकी करिश्मा आफ्नो समयकी सबैभन्दा सफल अभिनेत्रीको रुपमा चिनिन्छिन् ।

