Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कुटपिट गरेको भन्दै श्वेताकी बहिनी र पत्रकार उत्सवविरुद्ध सुष्माको उजुरी

फिल्मीखबर, काठमाण्डौ, 2021/02/02
 
अभिनेत्री सुष्मा कार्कीले आफूमाथि गाली गलौज र कुटपिट गरेको भन्दै अभिनेत्री श्वेता खड्काकी सहोदर बहिनी आरती खड्का र रंग पत्रकार उत्सव रसाइलीविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् । उनले मंगलवार बिहान उनीहरुविरुद्ध महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएकी हुन् । सोमबार राति (हिजो) दरबारमार्गस्थित लण्डन पबमा उनीहरुबीच झगडा भएको थियो ।
 
आरती खड्का र उत्सव रसाइलीले गाली गलौज र कुटपिट गरेको भन्दै उजुरी परेको प्रहरी वृत्त दरबारमार्गले पुष्टि गरेको छ । आफूमाथि आरतीले कुटपिट गरेको र उत्सवले गाली गलौज गरेको भन्दै सुष्माले उजुरी दिएकी हुन् । उनले क्याफेमा भएको झगडाको भिडियो समेत प्रहरीमा बुझाएकी छन् । प्रहरी दुवै पक्षलाई बोलाएर छलफल गराउने तयारीमा रहेको बुझिएको छ ।
 
सोमवार साँझ अनिता बास्तोलाको एनिभर्सरी सेलिब्रेट गर्न लण्डन पबमा श्वेता, उनका श्रीमान विजयन्द्र सिंह रावत, आरती र उत्सव पुगेका थिए । सोही क्याफेमा सुष्मा पनि साथीहरुसँग पुगेकी थिइन् । त्यही क्रममा सामान्य कुराकानी हुँदै गर्दा आफूमाथि आरतीले कुटपिट गरेको सुष्माले उजुरीमा उल्लेख गरेकी छन् । श्वेता खड्काले पनि आफूलाई गाली गलौज गरेको उनको भनाई छ । 

Most Visited News (monthly)