Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेवा किनारमा उपासनासँग रोमान्टिक आर्यन

फिल्मीखबर, काठमाण्डौ, 2021/02/03
रोमान्टिक नायकको छवि बनाएका आर्यन सिग्देल अहिले एउटा हिट फिल्मको खोजीमा छन् । ‘क्लासिक’ पछि सफलताको सुख प्राप्त गर्न नसकेका उनले आफ्नो खस्कँदो करिअरलाई उठाउन फिल्म ‘कायरा’ समेत निर्माण गरे । तर, यसले उनको फ्लप फिल्मको श्रृंखलामा पूर्ण विराम लगाउन सकेन । उनले ठूलो आश गरेका दुई फिल्म ‘हजार जुनीसम्म र चच हुईं’ पनि चलेनन् ।
 
आफ्नो अनुहार विक्ने समयमा फिल्म छनोटमा गम्भीर नहुँदा उनको स्टारडम खस्किएको मानिन्छ । ‘चच हुईं’ रिलिजको एक वर्ष कुनै फिल्ममा आबद्ध नहुँदा उनले फिल्म पाउन छाडेको चर्चा समेत चलेको थियो । तर, एक वर्षको विश्रामपछि उनले फिल्म ‘डिसेम्बर फल्स’ साइन गरे । उनी अहिले यही फिल्मको छायांकनमा व्यस्त छन् । यो फिल्मप्रति उनको ठूलो आशा र भरोसा छ ।
 
 
पोखरा आसपासमा छायांकन भइरहेको फिल्ममा आर्यनको जोडी अभिनेत्री उपासना सिंह ठकुरीसँग बाँधिएको छ । छायांकन सुरु भएदेखि उनीहरुको तस्विर सार्वजनिक गरिएको थिएन । तर, मंगलवार आर्यनले इन्स्टाग्राममार्फत् उपासनासँगको रोमान्टिक तस्विर सार्वजनिक गरेका छन् । तस्विरमा उनीहरुलाई फेवातालको किनारमा एकअर्काको अंगालोमा बाँधिएको देख्न सकिन्छ । 
 
आर्यनले क्याप्सनमा लेखेका छन्, ‘फेवा लेकमा तेस्रो रातको छायांकन । तालको किनारमा चिसो भइरहेको छ । तर, हामी रमाइरहेका छौ ।’ रोमान्टिक थ्रिलर जनरामा निर्माण भइरहेको फिल्ममा सलोन बस्नेत, शिवहरी पौडेल, दयाराम दाहाल, नरेश भट्टराईको पनि अभिनय छ । प्रबिन झाले निर्देशन गरिरहेको फिल्मले नायक र नायिकाबीचको उमेर अन्तरको कथा भन्नेछ ।
 
अर्को वर्षको साउन १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मका गीतमा दीपक शर्मा र कोशिश क्षेत्रीले संगीत भरेका छन् । राम प्रसाद रिजालको प्रस्तुती रहेको फिल्मको निर्मातामा राज कुमार भट्ट र लक्ष्मण रिजाल रहेका छन् । फिल्मको पटकथा तथा संवाद केदार भुषाल तयार पारेका हुन् । पोखरापछि काठमाडौंमा छायांकन गरिने फिल्मलाई महेश आर गुप्ताले खिचिरहेका छन् ।
Most Visited News (monthly)