Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लाल सिंह चड्ढा’ रिलिजसम्म आमिरले मोबाइल नछुने

एजेन्सी, मुम्बई, 2021/02/02
 
यो डिजिटल युगमा हरेक पन्ध्र मिनेटमा हामी आफ्नो मोबाइल चेक गरिरहेका हुन्छौं । यो बिना जिन्दगी कल्पना गर्न पनि मुश्किल छ । तर, बलिउड सुपरस्टार आमिर खान फिल्म ‘लाल सिंह चड्ढा’ रिलिजसम्म मोबाइलबाट टाढा बस्ने भएका छन् । अर्थात् उनले फिल्म रिलिज अगाडिसम्म मोबाइल बन्द गर्ने भएका छन् । मोबाइलले काममा बाधा गरेको भन्दै उनले यो निर्णय गरेका हुन् ।
 
आफ्नो काम र चरित्रमा शतप्रतिशत दिन कुनै कसर नछाड्ने आमिर जुन फिल्ममा काम गरिरहेका हुन्छन् त्यसमा आफूलाई पूर्ण रुपमा समाहित गर्छन् । यही कारण ‘लाल सिंह चड्ढा’ को काममा मोबाइल बाधा बनेपछि उनले फिल्म रिलिजसम्म मोबाइल फोन बन्द राख्ने निर्णय गरेका हुन् । यो फिल्म यस वर्षको सबैभन्दा बहुप्रतिक्षीत रिलिज हो, जुन क्रिसमसमा रिलिज हुने तयारीमा छ ।
 
आमिरको क्रिसमससँग पुरानो नाता छ । क्रिसमसमा रिलिज भएका उनका प्रायः फिल्म बक्सअफिसमा हिट छन्, जसमा ‘थ्री इडियट्स’, ‘पीके’, ‘धूम ३’, ‘दंगल’ लगायत सामेल छन् । अद्वैत चन्दनले निर्देशन गरिरहेको ‘लाल सिंह चड्ढा’ मा आमिर र करीना कपूर खान फेरि एकपटक देखिँदैछन् । यो फिल्म १९९४ को चर्चित हलिउड क्लासिक फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक हो ।
Most Visited News (monthly)