Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7195 - 7200 of 23775
फिल्मीखबर, काठमाण्डौ, 2021-02-08, सोमवार

नेपाली फिल्मका अहिलेका हटकेक अभिनेता अनमोल केसीका डुब्लिकेटको रुपमा चर्चामा आएका अभिषेक श्रेष्ठ अब फिल्मको हिरो बनेका छन् । थुप्रै म्यूजिक भिडियोमा काम गरिसकेका उनले फिल्म ‘चुरीफुरी’ बाट अभिनेताको रुपमा डेब्यू गर्न लागेका हुन् । उनीसँगै यो फिल्मबाट पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ र राजिवजंग बस्नेतले पनि फिल्मी करिअर सुरु गर्दैछन् । 

फिल्मीखबर, काठमाडौं, 2021-02-08, सोमवार

फागुन २७ गतेबाट पोस्टपोन्ड भएर आउँदो चैत २७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको मल्टीस्टारर फिल्म ‘लप्पन छप्पन २’ को दोस्रो टिजर सार्वजनिक भएको छ । नयाँ प्रदर्शन मितिसहित निर्माण टिमले सोमवार दोस्रो टिजर सार्वजनिक गरेको हो । टिजरमा अभिनेता सौगात मल्ललाई मात्र स्थान दिइएको छ । उनलाई टिजरमा निर्माण टिमले ‘सुपरस्टार’ को ट्याग दिएको छ । 

फिल्मीखबर, काठमाडौं, 2021-02-08, सोमवार

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । हत्या भएको दुई वर्ष बितिसक्दा पनि सरकारले हत्यारा पहिचान गर्न सकेको छैन । अनुसन्धान अझै जारी रहे पनि यसमा खासै प्रगति भएको देखिन्न । निर्मला त पछिल्लो समयकी एक प्रतिनिधि पात्र मात्र हुन् । मुलुकमा दिनहुँ आधा दर्जनभन्दा बढी महिला तथा बालिका बलात्कारको सिकार भइरहेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-02-08, सोमवार
चलचित्र पत्रकार संघ नेपालको चितवन शाखाले एक कलाकारसहित तीन जना चलचित्र पत्रकारलाई नगदसहित सम्मान गरेको छ । आइतबार भरतपुरमा आयोजित साधारण सभा एवं सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा संघले कलाकार ऋद्धिचरण श्रेष्ठ, पत्रकारहरु विजय सुवेदी ‘आवाज’, किशोर खनाल र सुशील पन्तलाई नगद राशीसहित सम्मान तथा पुरस्कृत गरेको हो ।
एजेन्सी, मुम्बई, 2021-02-07, आईतवार

साउथका दुई ठूला सुपरस्टार जुनियर एनटीआर र राम चरणले एकसाथ अभिनय गरेको फिल्म ‘आरआरआर’ घोषणाको समयदेखि नै चर्चामा छ । १० भाषामा रिलिज हुन लागेको फिल्मलाई प्रदर्शन मिति घोषणापछि ५ भाषाका लागि ३ सय ४८ करोडको थिएट्रिकल राइट्स अफर मिलेको छ । तर, अहिलेसम्म निर्माण टिमले फिल्मको थिएट्रिकल राइट्स विक्री गरेको छैन । 

फिल्मीखबर, काठमाडौं, 2021-02-07, आईतवार

निर्देशक दीपेन्द्र के. खनाल र अभिनेत्री स्वस्तिमा खड्का जुन फिल्ममा आबद्ध हुन्छन्, त्यसमा आफ्नो तर्फबाट शतप्रतिशत दिन कुनै कसर छाड्दैनन् । जुन कुरा स्वस्तिमाले ‘बुलबुल’ बाट र दीपेन्द्रले ‘पशुपति प्रसाद र आमा’ बाट प्रमाणित गरिसकेका छन् । पहिलो पटक फिल्म ‘लभ लभ लभ’ मा सहकार्य गरेका उनीहरु अब दोस्रो पटक फिल्म ‘चिसो मान्छे’ मा सँँगै काम गर्दैछन् ।

Results : 7195 - 7200 of 23775
Most Visited News (monthly)