.jpg)
काठमाडौंको बानेश्वरस्थित आइप्लेस मलको सबैभन्दा माथिल्लो तल्लामा ठूलो लगानीमा सञ्चालनमा आएको दृष्य लाउन्जले पहिलो एनिभर्सरी मनाएको छ । सोमवार साँझ एक कार्यक्रमका बीच कलाकार दीपकराज गिरी, ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपाश्री निरौला, अभिनेत्री केकी अधिकारी, कलाकार निर्मल शर्माले केक काट्दै दृष्य लाउन्जको एनिभर्सरी सेलिब्रेसन गरे ।
केट काटेपछि दीपक-दीपा र केकीले फिल्म ‘छक्का पञ्जा ३’ को ‘पहिलो नम्बरमा’ बोलको गीतमा ठुम्का लगाएका थिए । यो लाउन्जको उद्घाटन समेत गरेका दीपकराजले नेपालमा यस प्रकारका लाउन्जहरु बढ्दै गएकोमा खुसी व्यक्त गरे । दृष्य लाउन्जले राम्रो गरिरहेको र आफू पनि आइरहने उनले बताए । दीपा र केकीले पनि लाउन्जको सफलताको शुभकामना दिए ।
.jpg)
त्रिभुवन विमानस्थलसँगै राजधानीको सुन्दरता निहाल्न सकिने दृष्य लाउन्जले एक पटकमा १ सय २० जनाभन्दा बढी गाह्रकलाई सेवा दिन सक्ने सञ्चालकले बताएका छन् । हरेक साँझ लाउन्जमा आउने अतिथीलाई मनोरञ्जनका लागि लाइभ ब्यान्ड र देश तथा विदेशमा हुने खेल प्रत्यक्ष देखाउन एलइडी स्क्रिन समेत राखिएको छ । यो लाउन्ज आइप्लेक्स मलको ८ र ९औं तल्लामा छ ।
भिडियो :-

