Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7189 - 7194 of 23775
फिल्मीखबर, काठमाण्डौ, 2021-02-10, बुधवार

अरुण खड्काको निर्माण र निर्देशन रहने फिल्म ‘फटाह फणिन्द्रे’ मा अभिनेता कर्माले मुख्य भूमिकामा काम गर्ने भएका छन् । मंगलबार आफ्नो जन्मदिनको अवसरमा निर्माता खड्काले फिल्ममा कर्मालाई अनुबन्ध गरेका हुन् । उनीसँगै अभिनेत्री छुल्ठिम गुरुङ र रोहित रुम्बाको पनि फिल्ममा प्रवेश भएको छ । अभिनेत्री सुष्मा कार्कीसँग भने यसअघि नै सम्झौता भएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2021-02-10, बुधवार

साइन गरिसकेको फिल्म छाड्ने अभिनेत्रीको सूचीमा एलिजा गौतम पनि थपिएकी छन् । आफैंले निर्माण गरेको फिल्म ‘अनुराग’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले गएको महिना निर्देशक दीपक श्रेष्ठको नयाँ फिल्म ‘घिन्ताङ’ साइन गरेकी थिइन् । फिल्ममा उनको अपोजिटमा गौरव पहारीलाई अनुबन्ध गरिएको थियो । तर, अब यो फिल्ममा एलिजाले काम नगर्ने भएकी छन् । 

एजेन्सी, मुम्बई, 2021-02-09, मंगलवार

बलिउड अभिनेता ऋषि कपूर र रणधीर कपूरका भाई राजिव कपूरको ५८ वर्षको उमेरमा मंगलवार हृदयघातका कारण निधन भएको छ । भारतको इनलेक्स जनरल हस्पिटलमा उपचारको क्रममा उनको निधन भएको हो । सन् १९६२ अगस्ट २५ मा भारतको चेम्बूरमा जन्मिएका राजिवले १९९३ मा रिलिज भएको फिल्म ‘एक जान हैं हम’ बाट अभिनय करिअर सुरु गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2021-02-09, मंगलवार

नेपाली कलाकारहरु फिल्म निर्माणमा आकर्षित भइरहेको बेला निर्माताहरुले भने निर्देशनको जिम्मेवारी उठाइरहेका छन् । ‘लुट’ निर्माता माधव वाग्ले फिल्म ‘हिमानी’ बाट निर्देशनमा डेब्यू गर्ने तयारीमा छन् । त्यस्तै, ‘रुद्रप्रिया’ निर्माता रमेश एमके पौडेल अहिले ‘तिम्रो मेरो साथ’ को निर्देशन गरिरहेका छन् । अब अर्का निर्माता अर्जुन कुमारले पनि फिल्म निर्देशनमा हात हाल्ने भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-02-09, मंगलवार

नेपालका अधिकांश निर्माता तथा निर्देशक फिल्मको नाममा विश्वास गर्छन् । झट्ट सुन्दा आकर्षक र सम्झनयोग्य नाम भयो भने त्यसले फिल्म हेर्न दर्शकलाई सिनेमा हलसम्म तान्नसक्छ भन्ने बुझाइ उनीहरूमा व्याप्त छ । नामका आधारमा पनि दर्शकले फिल्मप्रति आफ्नो दृष्टिकोण बनाउने भएकाले निर्माता तथा निर्देशकहरुले नामका लागि निकै सोच्ने र समय खर्चने गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-02-09, मंगलवार

२०७२ सालमा गएको विनाशकारी महाभूकम्पका कारण सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ मा रहेको भिमटार माझी बस्ती ध्वस्त भयो । भूकम्पले भत्किएको घरले घाम र पानी छेक्न नसक्ने देखेपछि अभिनेत्री श्वेता खड्का मन कुँडियो । स्वर्गीय श्रीमान श्रीकृष्ण श्रेष्ठ जन्मिएको ठाउँ भएकाले उनले २०७४ सालमा त्यहाँका ५३ घरधुरीलाई नयाँ घर बनाइदिने घोषणा गरिन् । 

Results : 7189 - 7194 of 23775
Most Visited News (monthly)