Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

तीन फिल्मका लागि करणले विजयलाई दिए सय करोड

एजेन्सी, मुम्बई, 2021/02/03
 
‘अर्जुन रेड्डी, डियर कमरेड’ जस्ता फिल्मबाट जबरजस्त फ्यान फलोइंग बनाएका साउथ सुपरस्टार विजय देवरकोन्डा चाँडै बलिउड फिल्ममा डेब्यू गर्दैछन् । करण जोहरको प्रोडक्सनमा बनेको पुरी जगन्नाध निर्देशित फिल्म ‘लिगर’ मा उनले मुख्य भूमिका निर्वाह गरेका छन् । विजयसँग करणले यो फिल्मसँगै अरु दुई फिल्मका लागि पनि सम्झौता गरेको भारतीय मिडियाले बताएका छन् । 
 
एकसाथ तीन फिल्मको सम्झौता गर्न विजयले सय करोड पारिश्रमिक बुझेको बताइएको छ । आजतकले सुत्रको भनाई उद्धत गर्दै लेखेको छ, ‘करण जोहले विजय देवरकोन्डासँग एक डिल फाइनल गरेका छन् । विजयलाई करीब सय करोड पारिश्रमिक दिन करण सहमत भएका छन् ।’ यो सम्झौता अनुसार अब विजयले धर्मा प्रोडक्सनले निर्माण गर्ने बाँकी दुई फिल्ममा काम गर्नेछन् । 
 
विजयलाई करणले नेशनल स्टार बनाउने बाचा गरेको भारतीय मिडियाको दाबी छ । ‘लिगर’ मा विजयलाई एक्सन गर्दै देख्न पाइनेछ । अर्को फिल्ममा भने करणले उनलाई रोमान्स गरेको देख्न चाहेका छन् । नयाँ फिल्म टिपिकल करण जोहरको स्टाइलमा हुनेछ । यो रोमान्टिक ग्ल्यामरस फिल्ममा विजयलाई निकै स्टाइलिस देखाइनेछ । अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको छ ।
Most Visited News (monthly)