Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकार लुकाउँदै ‘तेस्का बाजे’ को मुहूर्त

फिल्मीखबर, काठमाण्डौ, 2021/02/09
नेपालका अधिकांश निर्माता तथा निर्देशक फिल्मको नाममा विश्वास गर्छन् । झट्ट सुन्दा आकर्षक र सम्झनयोग्य नाम भयो भने त्यसले फिल्म हेर्न दर्शकलाई सिनेमा हलसम्म तान्नसक्छ भन्ने बुझाइ उनीहरूमा व्याप्त छ । नामका आधारमा पनि दर्शकले फिल्मप्रति आफ्नो दृष्टिकोण बनाउने भएकाले निर्माता तथा निर्देशकहरुले नामका लागि निकै सोच्ने र समय खर्चने गरेका छन् ।
 
पछिल्लो समय नेपाली फिल्मको नाम चलनचल्तीमा रहेका शब्द र उखान टुक्काबाट राखिने गरिएको छ । यस्तैमा प्रायः नेपालीहरुको मुखबाट कुराकानीको क्रममा फुत्किरहने ‘तेस्का बाजे’ नाममा पनि फिल्म निर्माण हुने भएको छ । कमेडी जनरामा निर्माण हुने यो फिल्मको सोमवार ललितपुरस्थित चामुण्डामाई मन्दिरमा शुभ मुहूर्त गरेर औपचारिक निर्माण घोषणा गरिएको छ ।
 
 
बिजी बर्मा फिल्मस्को व्यानरमा निर्माण हुने फिल्ममा केही कलाकार फाइनल भएको र केही चाँडै छनोट गरिने निर्देशक कल्याण अधिकारीले जानकारी दिए । मुहूर्त समारोहमा भने फिल्ममा फाइनल भएका कलाकारको नाम गोप्य राखियो । कला राई प्रस्तुतकर्ता, राम महर्जन र शत्रुधन अन्सारी निर्माता रहेको फिल्मले समाजिक विषयवस्तु उठान गर्ने निर्देशक अधिकारीले बताए ।
 
चैतको पहिलो साताबाट छायांकन सुरु हुने फिल्ममा दिवस गुरुङको छायांकन, राजन महर्जनको कोरियोग्राफी, ओमप्रकाश राई, राजु लामा, कृष्णकुमार राई र अभिषेक सिंहको संगीत, राजेशपायल राई, मेलिना राई, केशव शाही ठकुरी र अनुपमा राईको स्वर रहनेछ । निर्देशक अधिकारीले फिल्मको छायांकन काठमाडौं, धरान, इलाम, झापा लगायतका स्थानमा हुने जानकारी दिए ।
Most Visited News (monthly)