Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बुबा विरामी भएपछि एलिजाले छाडिन् ‘घिन्ताङ’

फिल्मीखबर, काठमाडौं, 2021/02/10
 
साइन गरिसकेको फिल्म छाड्ने अभिनेत्रीको सूचीमा एलिजा गौतम पनि थपिएकी छन् । आफैंले निर्माण गरेको फिल्म ‘अनुराग’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले गएको महिना निर्देशक दीपक श्रेष्ठको नयाँ फिल्म ‘घिन्ताङ’ साइन गरेकी थिइन् । फिल्ममा उनको अपोजिटमा गौरव पहारीलाई अनुबन्ध गरिएको थियो । तर, अब यो फिल्ममा एलिजाले काम नगर्ने भएकी छन् । 
 
उनले मंगलवार निर्देशक श्रेष्ठलाई म्यासेजमार्फत् फिल्म गर्न नसक्ने जानकारी दिएर क्यानडा उडेकी छन् । पिता विरामी भएर क्यानडा जानुपर्ने भएपछि एलिजाले फिल्म गर्न नसक्ने भएको निर्देशक श्रेष्ठले जानकारी दिए । उनले भने, ‘बुबा विरामी हुनुहुन्छ भनेपछि मैले जबरजस्ती गर्ने कुरा आउँदैन । भवितव्य पर्न गएपछि कसको के लाग्छ र ! आमा-बुबाभन्दा ठूलो फिल्म होइन ।’
 
फिल्मको छायांकन फागुन ४ गतेबाट सुरु हुँदैन । एलिजाले आफू नेपाल फर्किने अनिश्चित भएको बताएपछि अहिले फिल्मका लागि अभिनेत्रीको खोजी भइरहेको निर्देशक श्रेष्ठले बताए । ‘एलिजाजीले मलाई नकुर्नुहोला, काम अगाडि बढाउनुहोला भन्नुभएको छ । त्यस्तैले केही दिनमा नायिका छनोट गरेर फ्लोरमा जानेछौं । बाँकी कलाकार भने फाइनल भइसकेका छन्,’ उनले भने ।
 
निर्देशक श्रेष्ठ करीब ७ वर्षपछि फिल्म निर्देशनमा फर्किन लागेका हुन् । पछिल्लो पटक फिल्म ‘रङ वे’ निर्देशन गरेका उनी समय, काल, परिस्थितिका कारण निर्देशनमा फर्किन समय लागेको बताउँछन् । ‘पापी मान्छे २’ बाट नेपालमा पहिलो पटक सिक्वेल फिल्म निर्माणको सुरुवात गरेका उनले ‘पहिलो पहिलो माया, तकदिर, भाई, पर्खि बसेँ, हिम्मत, वचन’ जस्ता सफल फिल्म दिएका छन् ।
Most Visited News (monthly)