Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘फटाह फणिन्द्रे’ मा कर्मा, छुल्ठिम र सुष्मा

फिल्मीखबर, काठमाण्डौ, 2021/02/10
 
अरुण खड्काको निर्माण र निर्देशन रहने फिल्म ‘फटाह फणिन्द्रे’ मा अभिनेता कर्माले मुख्य भूमिकामा काम गर्ने भएका छन् । मंगलबार आफ्नो जन्मदिनको अवसरमा निर्माता खड्काले फिल्ममा कर्मालाई अनुबन्ध गरेका हुन् । उनीसँगै अभिनेत्री छुल्ठिम गुरुङ र रोहित रुम्बाको पनि फिल्ममा प्रवेश भएको छ । अभिनेत्री सुष्मा कार्कीसँग भने यसअघि नै सम्झौता भएको थियो ।
 
फिल्मका लागि अन्य कलाकारहरु छनोटको क्रममा रहेको निर्माता खड्काले बताए । श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको प्रस्तुतकर्ता सुनिल मानन्धर रहेका छन् । विक्रम सिंह गुरुङ निर्माता र नेत्र बिष्ट कार्यकारी निर्माता रहेको फिल्ममा रोशन श्रेष्ठको द्धन्द, विपिन मल्लको सम्पादन र ईश्वरलाला सिंकेमनको छायांकन रहनेछ । 
 
 
उतक केसीको कथा रहेको फिल्ममा पट्कथा, संवाद हिमाल उप्रेती, सुशिल पोखरेल र अरुण खड्काको रहेको छ । अरुणले यसअघि ‘तिम्रो लागि’, ‘पाठशाला’ लगायतका फिल्म निर्माण गरिसकेका छन् । ‘फटाह फणिन्द्रे’ बाट उनले निर्देशनमा डेब्यू गर्न लागेका हुन् । चैत्रको पहिलो साताबाट छायांकन सुरु हुने फिल्मले अपराधको बिषयलाई कमेडीको माध्यमबाट पस्कनेछ ।
Most Visited News (monthly)