Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7177 - 7182 of 23775
फिल्मीखबर, काठमाडौं, 2021-02-14, आईतवार

आज प्रेम दिवस अर्थात् प्रेम गर्नेहरुको महत्वपूर्ण दिन । प्रेम गर्नेहरुका लागि, प्रेम प्रस्ताव राख्नेहरुका लागि र प्रेमलाई विवाहमा बदल्नका लागि यो दिन विशेष मानिन्छ । कतिपय जोडीले प्रेमकथामा आधारित फिल्म हेरेर पनि भ्यालेन्टाइन डेलाई स्मरणीय बनाउने गरेका छन् । नेपालमा विभिन्न कालखण्डमा कयौं यादगार प्रेमिल फिल्म बनेका छन्, जसले प्रेम गर्न सिकाउँछ ।

फिल्मीखबर, काठमाडौं, 2021-02-14, आईतवार

नेफ्टा अवार्डको १०औं संस्करणको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । शनिवार काठमाडौंस्थित पाँचतारे होटल सोल्टीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको मनोनयनमा उत्कृष्ट नायकको विधामा ‘प्रसाद र हरी’ बाट विपिन कार्की, ‘रोमियो एन्ड मुना’ बाट बिनय श्रेष्ठ, ‘डमरुको डन्डिबियो’ बाट खगेन्द्र लामिछाने र ‘ए मेरो हजुर ३’ बाट अनमोल केसी परेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-02-13, शनिवार

अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह अभिनीत फिल्म ‘तिम्रो मेरो साथ’ को इन्डक्ल्याप भएको छ । क्यामेरा ‘अन’ भएको ३३ दिनमा शनिवार पोखरामा फिल्मको सम्पूर्ण छायांकन सकिएको हो । काठमाडौंपछि पोखरामा फिल्मको केही दृश्य खिचिएको थियो । पोखरामा शनिवार एक कार्यक्रमका बीच निर्माण टिमले फिल्मको छायांकन सकिएको जानकारी गरायो ।

फिल्मीखबर, काठमाडौं, 2021-02-13, शनिवार

कोरोनाको संक्रमण रोकथामका लागि सरकारले गत वर्षको चैतबाट लकडाउन घोषणा गरेपछि अन्य क्षेत्रसँगै फिल्म क्षेत्र पनि पूर्ण रुपमा बन्द भयो । फिल्म निर्माण, प्रदर्शन र वितरण ठप्प हुँदा दैनिक श्रम गरेर गुजरा चलाउने प्राविधिकहरुलाई बिहान बेलुका हातमुख जोर्न समेत समस्या भएको थियो । लकडाउन लम्बिँदै गएपछि कलाकारहरुलाई पनि आर्थिक समस्याले गाँज्न थाल्यो ।

फिल्मीखबर, काठमाण्डौ, 2021-02-12, शुक्रवार

"जवसम्म मेरो श्वास चलिरहन्छ माझी बस्ती मेरो मन मस्तिस्कबाट हट्ने छैन।"  मेरो अन्तिम इच्छा "म मर्दा मेरो लाशको चिता पनि माझी बस्तीको आँगनमा रहेको इन्द्रावती बगरमा बनाईयोस् र मेरो अन्त्यष्टी त्यहिं गरियोस्।"

एजेन्सी, मुम्बई, 2021-02-12, शुक्रवार

अभिनेता सलमान खानका प्रशंसक लामो समयदेखि सफल फ्रेन्चाइज ‘टाइगर’ को तेस्रो पार्टको प्रतिक्षा गरिरहेका छन् । फिल्मको पछिल्लो दुई पार्ट बक्सअफिसमा ब्लकबस्टर भएको थियो । अब यसका निर्माताले तेस्रो पार्टको तयारी सुरु गरेका छन् । यसमा सलमानले फेरि एकपटक अभिनेत्री कटरीना कैफसँग काम गर्नेछन् । मार्चबाट फिल्मको छायांकन सुरु हुने बताइएको छ ।

Results : 7177 - 7182 of 23775
Most Visited News (monthly)