Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘गोरे सार्की’ बाट निर्देशनमा डेब्यू गर्दै अर्जुन

फिल्मीखबर, काठमाडौं, 2021/02/09
 
नेपाली कलाकारहरु फिल्म निर्माणमा आकर्षित भइरहेको बेला निर्माताहरुले भने निर्देशनको जिम्मेवारी उठाइरहेका छन् । ‘लुट’ निर्माता माधव वाग्ले फिल्म ‘हिमानी’ बाट निर्देशनमा डेब्यू गर्ने तयारीमा छन् । त्यस्तै, ‘रुद्रप्रिया’ निर्माता रमेश एमके पौडेल अहिले ‘तिम्रो मेरो साथ’ को निर्देशन गरिरहेका छन् । अब अर्का निर्माता अर्जुन कुमारले पनि फिल्म निर्देशनमा हात हाल्ने भएका छन् ।
 
अभिनेत्री विनिता बराललाई लिएर ‘चपली हाइट’ निर्माण गरेपछि चर्चामा आएका उनी फिल्म ‘गोरे सार्की’ बाट निर्देशक बन्न लागेका हुन् । लकडाउनको समयमा स्क्रिप्ट तयार पारेका उनले यो फिल्मलाई आफैंले निर्माण गर्दैछन् । आउँदो जेठबाट छायांकनमा निस्कने फिल्मका लागि मुख्य अभिनेता छनौट भइसके पनि बाँकी कलाकार छनौटको क्रममा रहेको उनले बताए ।
 
फिल्म निर्माणमा बटुलेको अनुभवको आधारमा निर्देशन गर्न लागेको निर्माता कुमारको भनाई छ । ‘गोरे सार्की’ नेपालको सबैभन्दा ठूलो थ्रिलर फिल्म हुने उनको दाबी छ । फिल्मलाई अर्को वर्षको कार्तिकमा रिलिज लक्ष्य राखिएको छ । अर्जुनले यसअघि ‘बर्मजंगको भिडियो र खै ?’ नाममा पनि फिल्म बनाउने घोषणा गरेका थिए । तर, अहिलेसम्म यी फिल्म निर्माण हुन सकेको छैन ।
Most Visited News (monthly)